बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

गठबन्धनले भोलि बेलुकासम्म महानगर र उपमहानगर टुंगो लगाउने

आइतबार, ०४ वैशाख २०७९, १९ : ००
आइतबार, ०४ वैशाख २०७९

सत्ता गठबन्धनले सोमबार (भोलि बेलुका)सम्म महानगरपालिका र उपमहानगरपालिकाको भागवण्डा टुंगो लगाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय सत्ता गठबन्धनको बैठकमा महानगर र उपमहानगर चुनावी तालमेलको टुंगो लगाउने भएको हो ।

देशैभर ६ महानगर र ११ उपमहानगरपालिका छन् ।  देशैभर ७५३ स्थानीय तहमा पाँच दलीय गठबन्धन हुन नसक्ने भएपछि पहिलो चरणमा महानगर उपमहानगरको टुंगो सोमबार बेलुकासम्म लगाउने सहमति भएको बैठकमा सहभागी एक नेताले बताए ।

‘सबै स्थानीय तहमा सत्ता गठबन्धनको चुनावी तालमेल हुने स्थिति भएन । त्यसो भएपछि सुरुमा महानगरपालिका र उपमहानगरपालिकाको टुंगो लगाऔँ, त्यहाँ सहमति कसरी गर्ने छलफल गरौ’ ती नेताले भने, ‘यदि महानगर उपमहानगरमा पाँचै दलको चित्त बुझ्दो भागबण्डा भएमा नगरपालिका र गाउँपालिकामा हुने चुनावी तालमेलका विषयमा छलफल गरौंला, नभए आ–आफ्नै ढंगले प्रतिस्पर्धा गरौंला भन्ने भएको छ । कुनै निर्णय भएको छैन ।’स्थानीय तहमा उम्मेदवारका आकांक्षी धेरै भएपछि सत्ता गठबन्धनमा भागवण्डा गर्न समस्या भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप