बुटवल उपमहानगरको मेयरमा काँग्रेसबाट खेलराज पाण्डेको नाम सिफारिस
सिद्धार्थनगरमा इस्तियाक अहमद खान
मङ्गलबार, ०६ वैशाख २०७९, १५ : ३६
नेपाली काँग्रेसले बुटवल उपमहानगरपालिकाको मेयर पदमा खेलराज पाण्डेलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ । मेयरमा पाण्डेको नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको भए पनि उपमेयरमा भने सहमति जुट्न नसक्दा उपमहानगर समितिले ८ जनाको नाम सिफारिस गरेको छ ।
उपमहानगर समितिको बैठकले मेयर–उपमेयरका लागि नाम सिफारिस गरेको सचिव छायाँ पोखरेलले जानकारी दिए । उनका अनुसार उपमेयरका लागि रिजन श्रेष्ठ, सावित्रा टण्डन, जमुना ढकाल, रिता सेन, रिता केसी, गंगा पन्थी, राधा ज्ञवाली र सविता शाक्यको नाम सिफारिस भएको छ ।
यस्तै सिद्धार्थनगर नगरपालिकाको प्रमुख (मेयर) पदमा काँग्रेसले इस्तियाक अहमद खानलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यद्यपि, यी पालिकामा सत्तारुढ गठबन्धनबीच तालमेलको टुङ्गो लाग्न बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले इरानमाथि हवाई आक्रमण तीव्र पार्यो, इरानको जवाफी प्रहार कुवेत र जोर्डनसम्म
-
इंग्ल्यान्ड विरुद्ध अर्जेन्टिना : कुन कुन खेलाडी चम्किए ?
-
सेबोनको महत्त्वाकाङ्क्षी १० वर्षे मार्गचित्र, कति सम्भव छ कार्यान्वयन ?
-
अब बैंकले तपाईँसँग माग्नेछ राष्ट्रिय परिचयपत्र
-
सेमिफाइनल हारेपनि टुचेलको जागिर जोगियो
-
सुदूरपश्चिममा नेकपाले बोलायो संसदीय दलको बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण