पाकिस्तानमा ३४ सदस्यीय नयाँ मन्त्रिमण्डल
पाकिस्तानका ३४ सदस्यीय नयाँ मन्त्रिमण्डल गठन भएको छ । मन्त्रिमण्डलका ती सदस्यलाई मङ्गलबार सपथ गराइएको छ । पाकिस्तानका कार्यबाहक राष्ट्रपति सादिक सान्ज्रानीले सपथ गराएका हुन् ।
पाकिस्तानको प्रधानमन्त्रीमा शेहबाज शरिफ निर्वाचित भएपछि गठित नयाँ मन्त्रिपरिषदको सदस्यका रुपमा उनीहरुलाई नियुक्त गरिएको जनाइएको छ । उनीहरुमध्ये तीन जना राज्य मन्त्री हुन् भने ३१ जना मन्त्री हुन् । राष्ट्रपति अरिफ अल्भीले सपथ गराउन अस्वीकार गरेपछि केही दिन पछाडि सारेर सपथ गराइएको हो । प्रधानमन्त्री शरिफ यही अप्रिल ११ मा निर्वाचित भएका थिए । पाकिस्तानमा तत्कालीन प्रधानमन्त्री इमरान खानले संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि उनले राजीनामा दिएका थिए ।
त्यसपछि विपक्षी गठबन्धनका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार बन्नुभएका शरिफ संसदबाट प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । उनलाई गठबन्धनका अन्य दलहरूको पनि समर्थन रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
-
भारतको घट्दो प्रजनन दरः कारण र परिणाम
-
आयोगले सम्पत्ति विवरण मागेपछि कागजात मिलाउन नेताहरूको दौडादौड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण