मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

पाकिस्तानमा ३४ सदस्यीय नयाँ मन्त्रिमण्डल

मङ्गलबार, ०६ वैशाख २०७९, १५ : ५४
मङ्गलबार, ०६ वैशाख २०७९

पाकिस्तानका ३४ सदस्यीय नयाँ मन्त्रिमण्डल गठन भएको छ । मन्त्रिमण्डलका ती सदस्यलाई मङ्गलबार सपथ गराइएको छ । पाकिस्तानका कार्यबाहक राष्ट्रपति सादिक सान्ज्रानीले सपथ गराएका हुन् । 

पाकिस्तानको प्रधानमन्त्रीमा शेहबाज शरिफ निर्वाचित भएपछि गठित नयाँ मन्त्रिपरिषदको सदस्यका रुपमा उनीहरुलाई नियुक्त गरिएको जनाइएको छ । उनीहरुमध्ये तीन जना राज्य मन्त्री हुन् भने ३१ जना मन्त्री हुन् । राष्ट्रपति अरिफ अल्भीले सपथ गराउन अस्वीकार गरेपछि केही दिन पछाडि सारेर सपथ गराइएको हो । प्रधानमन्त्री शरिफ यही अप्रिल ११ मा निर्वाचित भएका थिए । पाकिस्तानमा तत्कालीन प्रधानमन्त्री इमरान खानले संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि उनले राजीनामा दिएका थिए । 

त्यसपछि विपक्षी गठबन्धनका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार बन्नुभएका शरिफ संसदबाट प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । उनलाई गठबन्धनका अन्य दलहरूको पनि समर्थन रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप