पहिरोमा पुरिएर पुरेर पाल्पामा एकको मृत्यु
बुधबार, ०७ वैशाख २०७९, १७ : २९
पाल्पामा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । जिल्लाको तिनाउ गाउँपालिका–१ स्थित कचल निवासी ६१ वर्षीय दिल बहादुर हिस्कीको पहिरोमा पुरिएर ज्यान गएको हो ।
पाल्पाका प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्र थापाले बुधबार बिहान करिब सवा ९ बजेको समयमा घरदेखि करिब ८ किमी पूर्वमा रहेको खेतमा सिंचाइका लागि कुलो खन्ने क्रममा माथिबाट खसेको ढुंगासहितको पहिरोले दिलबहादुर पुरिएका थिए । स्थानीयले उद्दार गरेर दोभान प्रहरी चौकी हुँदै थप उपचारका लागि लुम्बिनी प्रदेश अस्पताल पठाइएकोमा बाटैमा मृत्यु भएको हो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण