शाहरुख खानकी छोरीदेखि अमिताभ बच्चनका नातीसम्म, बलिउडका यी स्टार किड्स चाँडै देखिनेछन् ठूलो पर्दामा
जान्हवी कपूर, सारा अली खान, टाइगर श्राफपछि अन्य ठूला स्टारका सन्तान चाँडै फिल्ममा देखिने भएका छन् । केही स्टारकिडले ठूला फिल्म साइन गरिसकेका छन् भने केही बलिउड डेब्यूको लागि तयारी गरिरहेका छन् ।
यहाँ ठूलो पर्दामा चाँडै देखिने तयारी गरिरहेका स्टार किड्सको चर्चा गरिएको छ :
सुहाना खान
शाहरुख खान र गौरीकी छोरी सुहाना चाँडै फिल्म ‘द आर्चिज’ बाट बलिउडमा डेब्यु गर्दैछिन् । फिल्मको सुटिङ मुम्बईमा सुरु भएको छ । फिल्म सेटबाट सुहानाका तस्विरहरु सार्वजनिक भएका छन् । जोया अख्तरको निर्देशनमा बन्न लागेको यो फिल्म लोकप्रिय हास्य पुस्तक स्कूबी–डूबाट प्रभावित छ । यसअघि पनि सुहानाले ‘द ब्लु शेड अफ ग्रे’ नामक फिल्ममा अभिनय गरिसकेकी छन् ।
अगस्त्य नन्द
अमिताभ बच्चनका नाति अगस्त्य नन्द पनि सुहाना खानसँग फिल्म आर्चिजमा देखिनेछन् । यस फिल्ममा अगस्त्य आर्चिज एन्ड्रयूको भूमिकामा देखिनेछन् । माथि नै उल्लेख गरियो यो फिल्म स्कूबी–डूमा आधारित हुनेछ ।
खुशी कपुर
‘द आर्चिज’मा बोनी खुशी कपूर पनि महत्वपूर्ण भूमिकामा छिन् । खुसी श्रीदेवी र बोनी कपूरककी छोरी हुन् । फिल्ममा बेट्टीको भूमिकामा रहेकी खुसीको फस्र्ट लुक सुटिङ सेटबाट सार्वजनिक भएको छ । खुशीको क्यारेक्टर कार्टुन क्यारेक्टरजस्तै रेट्रो थीममा आधारित छ ।
इब्राहिम अली खान

सैफ अली खानका छोरा र सारा अली खानका भाइ इब्राहिम अली खान पनि चाँडै फिल्ममा देखिने भएका छन् । हाल, इब्राहिम करण जोहरको निर्देशनमा बन्ने फिल्म रकी और रानी फिल्ममा सहायक निर्देशकको रूपमा काम गरिरहेका छन् । यो एक की प्रेम कथा हुनेछ ।
शनाया कपूर

सञ्जय कपूर र महीप कपूरकी छोरी शनाया कपूर चाँडै करण जोहरको प्रोडक्शन हाउस धर्मा फिल्म बेहडकबाट बलिउडमा डेब्यु गर्दैछिन् । करण जोहरले यो फिल्मको औपचारिक घोषणा गरिसकेका छन् । डेब्यूको तयारीमा शनायाले अहिले अभिनय र नृत्यको कक्षा लिइरहेकी छिन् । यसअघि शनायाले एक कमर्शियल विज्ञापनबाट आफ्नो अभिनय देखाइसकेकी छन् ।
रेने सेन

सुस्मिता सेनकी जेठी छोरी रेने पनि छिट्टै बलिउड फिल्ममा देखिने भएकी छन् । गत वर्ष सुटिङ सेटबाट रेनीका केही तस्बिरहरु सार्वजनिक भएका थिए । डेब्यु गर्नुअघि नै रेनेले सर्ट फिल्म ‘सुट्टाबाजी’ मा काम गरिसकेकी छिन् ।
अलिजेह अग्निहोत्री

सलमान खानकी बहिनी अलविराकी छोरी अलिजेह अग्निहोत्री पनि छिट्टै बलिउडमा डेब्यु गर्दैछिन् । सलमानले आफ्नो होम प्रोडक्सनबाट अलीजेहलाई लञ्च गर्न लागेका हुन् । सलमान खान फिल्म्सले एक रोमान्टिक फिल्म बनाउँदैछ । फिल्ममा आउनुअघि अलिजेह गहनाको विज्ञापनमा देखा परिसकेकी छन् ।
अञ्जीनी धवन

वरुण धवनकी भतिजी अञ्जीनी धवन पनि छिट्टै बलिउडमा डेब्यु गर्दैछिन् । अञ्जीनीलाई तीनदेखि चारवटा फिल्मको अफर आइसकेको तर उनले अहिलेसम्म साइन नगरेको बताइएको छ । अञ्जीनीले डेब्युका लागि अभिनय र नृत्यको कक्षा लिइरहेकी छन् ।
आर्यन खान

शाहरुख खानका छोरा आर्यन खान पनि चाँडै नै फिल्ममा देखिने भएका छन् । करण जोहरले उनलाई लन्च गर्ने खबर आइरहेका छन्, यद्यपि यसको आधिकारिक घोषणा भइसकेको छैन । हाल आर्यन ओटीटी प्रोजेक्टमा निर्देशकको रुपमा काम गरिरहेका छन् । सिरिजको टेस्ट सुटिङ गरेका आर्यन आफैले यसको स्क्रिप्ट लेखेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण