रुपन्देही काँग्रेसका नेता यादव जसपा प्रवेश
शुक्रबार, ०९ वैशाख २०७९, ११ : २१
नेपाली काँग्रेस रुपन्देही सिद्धार्थ नगरका पूर्व क्षेत्रीय सभापति मातृकाप्रसाद यादव जनता समाजवादी पार्टी प्रवेश गरेका छन् । आज भैरहवामा आयोजित एक कार्यक्रमका बीच यादव जसपामा प्रवेश गरेका हुन् । उनलाई लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सहसराम यादवले पार्टी प्रवेश गराएका छन् । बुधवार स्थानिय तहको टिकट वितरणमा काँग्रेसले मनोमानी गरेको भन्दै यादवले पार्टी परित्याग गरेका थिए ।
जनता समाजवादी पार्टीले यादवलाई नगर प्रमुख पदको उम्मेदवार बनाउने तयारी गरेको छ । यादव रुपन्देही काँग्रेसमा लामो समयदेखि क्रियाशील नेता हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्यान्डलाई हराएपछि अर्जेन्टिनी खेलाडीले प्रदर्शन गरे फकल्याण्ड्स दाबी गर्ने ब्यानर
-
शेयर धितोमा पाइने कर्जाको सीमा बढ्यो, कति पाइन्छ ऋण ?
-
‘कलेजो प्रत्यारोपणपछि ९५ प्रतिशतसम्म बिरामी सजिलै एक वर्ष बाँच्छन्’
-
मौन समाजको सामाजिक मनोविज्ञान
-
चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
-
सिसी क्यामेराको निगरानीमा भरतपुर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण