एमालेबाट निर्वाचित पूर्वगाविस अध्यक्ष सुब्बा राप्रपामा प्रवेश
शुक्रबार, ०९ वैशाख २०७९, १९ : ४०
नेकपा एमालेका १ नं. प्रदेश कमिटी सदस्य इन्द्रबहादुर सुब्बा राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् । कानेपोखरीको रमाइलोमा आज भएको राप्रपाको सभाबाट सुब्बाले एमाले परित्याग गरेका हुन् ।
उनलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले स्वागत गरे । सुब्बा २०४९ मा तत्कालिन केरौन गाविसबाट अध्यक्षमा निर्वाचित भएका थिए । आफ्नो टिमबाट ६० जना कार्यकर्ता राप्रपामा प्रवेश गरेको उनले बताए । सुब्बाको टिम बाहेक झण्डै ७ सय जनालाई पार्टी प्रवेश गराएको राप्रपा अध्यक्ष लिङ्देनले बताए ।
कार्यक्रममा पूर्वमन्त्री रामकुमार सुब्बा, राप्रपाका महामन्त्री प्रल्हाद साह, सहमहामन्त्री दिनेश प्रसाद साह, प्रवक्ता भक्ति प्रसाद सिटौला, पुष्प खतिवडा, महिला नेतृ जीता बराल, राप्रपाका नेपोखरीका अध्यक्ष मोहन गौतमलगायतको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? हो, प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण