नेचासल्यान गाउँपालिका अध्यक्षमा काँग्रेसबाट बास्तोला सिफारिस
नेचासल्यान गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसको तर्फबाट शम्भुहरि बास्तोला सिफारिस भएका छन् । काँग्रेस नेचासल्यान गाउँ कार्यसमितिले उम्मेदवारी सिफारिस पश्चात नेता बास्तोलाले नेचासल्यान गाउँपालिको समृद्धि र सुशासनका लागि आफ्नो उम्मेदवारी स्वभाविक रहेको र पार्टीले पनि नेचासल्यानको आर्थिक, सामाजिक, सांस्कृतिक विकासको गतिदिइ नेपालकै नमुना गाउँपालिका निर्माण गर्न आफूलाई उम्मेदवार चयन गर्ने विश्वास ब्यक्त गरेका छन् ।
काँग्रेसको केन्द्रीय महासमिति सदस्य भइसकेका बास्तोला विश्व हिन्दु महासंघको केन्द्रीय र अन्तर्राष्ट्रिय समितिका महासचिव समेत हुन् । दुईदशक अगाडिदेखि समाजसेवा, राजनीति र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभियानमा सकृय रहेका बास्तोला विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन लोकतान्त्रिक फोरम पार्टीमा केन्द्रीय सहमहामन्त्रीको जिम्मेवारीमा रहेर काम गरेका थिए । वि.सं. २०७० को संविधानसभा सदस्य निर्वाचनमा बास्तोला संविधानसभा सदस्यको लागि समानुपातिक तर्फबाट उम्मेदवार रहेका थिए।
काँग्रेस स्थानीय तह घोषणापत्र तयारी समितिका संयोजक बास्तोला बौद्धिक एवं लोकप्रिय नेताको रूपमा स्थापित छन् । गाउँपालिकाको भौतिक पूर्वाधारको विकास सँगसँगै कृषिको आधुनिकीकरण, व्यवसायीकरण, बजारीकरण गर्ने, मौलिक संस्कृति एवं पर्यटन क्षेत्रको प्रवर्द्धन गर्ने, शिक्षा, स्वास्थ्य, खेलकुद, सञ्चार, यातायात, सिचाइ र खानेपानीको विषयलाई प्राथमिकतामा राखी स्थानीय स्तरमै दक्ष जनशक्तिको विकास एवं रोजगारीको सिर्जना गरी आत्मनिर्भर र सुशासनयुक्त गाउँपालिका निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? हो, प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण