दाङको मस्जिदमा आक्रमण हुँदा आठ घाइते
शुक्रबार, ०९ वैशाख २०७९, २० : १७
दाङको लमहीस्थित एक मस्जिदमा नमाज पढिरहेको अवस्थामा अपरिचित व्यक्तिले आक्रमण गर्दा आठ जना घाइते भएका छन् । स्थानीय मुस्लिम समुदायले सुनन्त फैजाने रजा मस्जिदमा नमाज पढिरहेको बेला केही व्यक्तिले धारिलो हतियार र इँटा प्रहार गर्दा लमही नगरपालिका–५ का ६४ वर्षीय गुठे कुरेसी गम्भीर घाइते भएका छन् ।
वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख पुष्पराज थापाका अनुसार उनको टाउकोमा गहिरो चोट लागेको छ । सोही ठाउँका ३३ वर्षीय अरसद अली, सब्बीर अली, ५२ वर्षीय मोहम्मद कासिम, २९ वर्षीय सकिल अली, ६५ वर्षीय दिल मोहम्मद मियाँ, २५ वर्षीय कमाल अली र ४२ वर्षीय मोहम्मद याकदिन अली घाइते भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेबोनको महत्त्वाकाङ्क्षी १० वर्षे मार्गचित्र, कति सम्भव छ कार्यान्वयन ?
-
अब बैंकले तपाईँसँग माग्नेछ राष्ट्रिय परिचयपत्र
-
सेमिफाइनल हारेपनि टुचेलको जागिर जोगियो
-
सुदूरपश्चिममा नेकपाले बोलायो संसदीय दलको बैठक
-
चालु पुँजी कर्जा मार्गदर्शनमा रहेको भेरियन्स कार्यान्वयनको भाका फेरि सर्यो
-
बिदा स्वीकृत नगराई गायब हुने २३ स्वास्थ्यकर्मीसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण