एसइई : पाल्पामा १२७ परीक्षार्थी अनुपस्थित
पाल्पामा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा १२७ परीक्षार्थी अनुपस्थित भएका छन् । नियमिततर्फ छात्रा ४६ र छात्र ५६ गरी १०२, ग्रेडवृद्धितर्फ छात्रा १२ र छात्र १३ गरी २५ जना अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय एकाइका सूचना अधिकारी बमबहादुर थापाले जानकारी दिए ।
परीक्षामा जिल्लामा १३६ विद्यालयका परीक्षार्थी परीक्षामा सहभागी भएका छन् । यहाँ परीक्षामा २६ केन्द्र निर्धारण गरिएको छ भने २६ केन्द्राध्यक्ष, ३२ सहायक केन्द्राध्यक्ष, २४२ निरीक्षक, ४९ परीक्षा सहायक, ९८ कार्यालय सहयोगी र ३९० सुरक्षाकर्मी परिचालन गरिएको छ । विद्यार्थीको सङ्ख्या चार हजार ८४१ भए पनि पहिलो दिन १२७ विद्यार्थी अनुपस्थित रहेको कार्यालयले जानकारी दिएको छ । परीक्षा सञ्चालनका लागि प्रदेश परीक्षा व्यवस्थापन समिति, परीक्षाको अनुगमनदेखि उत्तरपुस्तिका परीक्षण, संपरीक्षण र रुजुको कामसमेत गरिएको छ । परीक्षाका लागि प्रदेश परीक्षा व्यवस्थापन समितिमार्फत जिल्ला परीक्षा समन्वय समितिलाई परिचालन गरिएको छ ।
जिल्लामा पहिलो दिन शान्त वातावरणमा मर्यादित रुपमा परीक्षा भएको छ । विगत दुई वर्ष कोभिड–१९ को महामारीले सञ्चालन हुन नसकेको परीक्षा यस वर्ष भने विद्यार्थीको भौतिक उपस्थितिमा भएको छ । शुक्रबार पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भएको छ । परीक्षा वैशाख २० गतेसम्म परीक्षा सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठुला विद्युतीय सार्वजनिक सवारी साधन किन्न अब ८० प्रतिशतसम्म ऋण
-
इंग्ल्यान्डलाई हराएपछि अर्जेन्टिनी खेलाडीले प्रदर्शन गरे फकल्याण्ड्स दाबी गर्ने ब्यानर
-
शेयर धितोमा पाइने कर्जाको सीमा बढ्यो, कति पाइन्छ ऋण ?
-
‘कलेजो प्रत्यारोपणपछि ९५ प्रतिशतसम्म बिरामी सजिलै एक वर्ष बाँच्छन्’
-
मौन समाजको सामाजिक मनोविज्ञान
-
चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण