सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार घोषणा
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले शनिवार कार्यालय परिसरमा आफ्नो १२ औँ वार्षिकोत्सव एक समारोह आयोजना गरी मनाएको छ । प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठको सभापतित्वमा आयोजित कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार –२०७८ बाट सम्मानित हुनुहुने सङ्गीत तथा नाट्य क्षेत्रका ६ जना स्रष्टा तथा कलाकारहरुको नामावली सार्वजनिक गरिएको हो ।
सङ्गीत विधामा वरिष्ठ सङ्गीतकर्मी मोहन कृष्ण कार्की ढली, नृत्य विधामा वरिष्ठ नृत्य निर्देशक विणा जोशी राजभण्डारी, नाटक विधामा वरिष्ठ नाटककार मनबहादुर मुखिया, लोक सङ्गीत विधामा वरिष्ठ लोक गायक अमर विरही गुरुङ, रङ्गमञ्च विधामा वरिष्ठ रङ्गकर्मी ऋद्धि चरण श्रेष्ठ तथा शास्त्रीय तथा परम्परागत सङ्गीत विधामा वरिष्ठ जलतरङ्ग वादक मोहन प्रसाद जोशी गरी ६ जना स्रष्टा सर्जकहरुलाई पुरस्कारका लागि मनोनयन गरिएको प्रतिष्ठानका सदस्य सचिव श्याम प्रकाश तमोटले जानकारी गराए । कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति नारायणभक्त श्रेष्ठले आफूहरु सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान अरु प्राज्ञ प्रतिष्ठानभन्दा पूर्वाधारको दृष्टिले कलिलो भएपनि यसलाई हर दृष्टिले सम्पन्न बनाउन लागि परेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण