विराटनगरका जसपा नेता उमेश यादवद्वारा पार्टी परित्याग
शनिबार, १० वैशाख २०७९, १८ : ३०
जनता समाजवादी पार्टीका विराटनगरका नेता उमेश यादवले पार्टी परित्याग गरेका छन् । विराटनगरमा आज पत्रकार सम्मेलन गरि पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । उनले विराटनगरमा गठबन्धनको आवश्यकता नभएपनि केन्द्रले जबर्जस्ती गरेका कारण पार्टी छोडेको बताए ।
आफू कुनै पार्टीमा नजाने र स्वतन्त्र उम्मेदवारी दिने विषयमा छलफल भईरहेको उनले बताए । यादव यसअघि संघीय समाजवादी र माओवादीको तर्फबाट विराटनगर प्रमुखको उम्मेदवार बनेका थिए । यसपटक पनि यादवले प्रमुखको उम्मेदवारी दिने घोषणा गरेका थिए ।
५ दलीय गठबन्धनले विराटनगरको प्रमुखमा काङ्ग्रेस र उपप्रमुखमा जसपाले उम्मेदवारी दिने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? हो, प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण