पाँच दलीय गठबन्धनले प्रदेश १ का ११ जिल्लामा भागबण्डा टुङ्ग्यायो
पाँच दलीय गठबन्धनले प्रदेश १ का ११ जिल्लाको भागबण्डा टुङ्ग्याएको छ । जसमध्ये कतिपय पालिकामा स्वस्थ्य प्रतिस्पर्धा गर्ने र एमालेले जित्ने खालका पालिकामा गठबन्धन गरिएको छ । आफूले जित्ने जस्ता २१ पलिकामा भने सहमति हुन नसकेको र स्वस्थ्य प्रतिस्पर्धा हुने भएको छ । माओवादी प्रदेश १ का उपाध्यक्ष शिवकुमार डाँगीकाअनुसार सोलुखुम्बुमा ६ वटा पालिकामा स्वस्थ्य प्रतिस्पर्धा गर्ने र २ वटामध्ये १/१ वटा काँग्रेस र माओवादीले लिने भएको छ ।
यस्तै मोरङ, सुनसरी र उदयपुरमा मिलाउने अन्तिम प्रयास भइरहेको डाँगीले जानकारी दिए । ‘अहिलेसम्म ११ जिल्लामा भागबण्डा मिलाएका छौं,’ उनले भने, ‘मोरङ, सुनसरी र उदयपुरमा पनि मिलाउने प्रयास जारी छ, भोलि सम्ममा मिल्छ ।’
प्रदेश १ मा भएको सहमतिअनुसार हालसम्म काँग्रेस विराटनगर महानगरपालिकासहित ६१, माओवादी १६, नेकपा एस ३ र अन्य २१ पालिकामा स्वस्थ्य प्रतिस्पर्धा गर्ने गठबन्धनबीच सहमति भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? हो, प्रदर्शनले त यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण