बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

लुम्बिनीमा अझै टुंगो लागेन काँग्रेस उम्मेदवार, आइतबार फेरि बैठक

शनिबार, १० वैशाख २०७९, २२ : ३२
शनिबार, १० वैशाख २०७९

नेपाली काँग्रेस लुम्बिनी प्रदेश संसदीय बोर्डको बैठकले प्रदेशका नगरपालिकाहरूको उम्मेदवारहरूको नाम  भोलि बिहानमात्र टुंगो लगाउने भएको छ। काँग्रेस प्रदेश कार्यालय बुटवलमा बसेको बैठकले लुम्बिनी प्रदेशमा गठबन्धन दलहरू भित्रबाट नेपाली काँग्रेसको भागमा परेका उपमहानगरपालिका र नगरपालिकाहरूको  टिकट टुङ्ग्याउने  अझै बाँकी रहेको जनाएको हो। 

दिउँसोदेखि बसेको बैठकमा अहिले साँझ १० बजेसम्म सर्ट लिस्टिङ गर्ने काम भए पनि टुङ्गोमा पुर्याउन नसकिएको  संसदीय बोर्ड सदस्य विष्णु पोखरेलले बताए । उनले केही जिल्लाहरूमा अझै छलफल गर्ने समेत बाँकी रहेकाले भोलि  बिहान ७ बजेसम्मको लागि बैठक स्थगित गरिएको रातोपाटीलाई बताए । जिल्लामा कतिपय नगरपालिकाबाट ८ देखि १० जना सम्मको नाम आएपछि टुङ्गोमा पुर्‍याउन कठिन बनेको नेताहरूले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप