एमालेले टुंग्यायो विराटनगर महानगर प्रमुख र उपप्रमुखका उम्मेदवार
प्रदेश १ को राजधानी भएको विराटनगर महानगरपालिकाको प्रमुख पदमा नेकपा एमालेले सागर थापालाई उम्मेदवार बनाउने भएको छ । संघीय सांसद घनश्याम खतिवडाले पार्टीको तर्फबाट थापा उम्मेदवार बन्ने टुङ्गो लागेको बताए ।
थापा एमाले विराटनगर महानगरपालिका कमिटीका अध्यक्ष हुन् । मोरङ बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सभापतिसमेत भइसकेका छन् । विद्यार्थी राजनीतिबाट आएका उनी करिब तीन दशकयता पार्टी राजनीतिमा क्रियाशील छन् ।
विराटनगर महानगरपालिकाको प्रमुख पदमा उम्मेदवार बन्न पटक पटक संघीय मन्त्री भइसकेका नेता लालबाबु पण्डितको पनि चाहना थियो । अन्य नेताहरू गुरु बराल, जीवन घिमिरे, पर्शुराम बस्नेतलगायत पनि महानगरपालिकाको प्रमुख पदका आकांक्षी थिए । तर, अन्तिममा थापाले उम्मेदवार हुने अवसर पाए । उपमेयरमा पार्टीको महानगर कमिटी उपाध्यक्ष शिल्पा निराला कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
सुनसरीको इटहरी उपमहानगरपालिकाको प्रमुख पदको उम्मेदवार भने यम सुब्बा हुने भएका छन् । पुख्र्यौली घर ताप्लेजुङ भएका उनी पनि लामो समयदेखि इटहरी रहेर एमाले राजनीतिमा सक्रिय छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? हो, प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण