गठबन्धनबाट विराटनगरको मेयरमा कोइराला र उपप्रमुखमा यादवको उम्मेदवारी दर्ता
सोमबार, १२ वैशाख २०७९, १५ : ३७
विराटनगर महानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनबाट काँग्रेसका नागेश कोइराला र उपमेयरमा अमरेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार गठबन्धनका दुवै उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् ।
काँग्रेस नेता शेखर कोइरालाको गृहनगर विराटनगरमा पाँच दलीय सत्ता गठबन्धनले महानगर प्रमुखमा काँग्रेसबाट र उपप्रमुखमा जनता समाजवादी पार्टीबाट उम्मेदवार बनाउने सहमति गरेसँगै काँग्रेसले मेयरमा कोइराला र जसपाले उपमेयरमा यादवलाई उम्मेदवार बनाएको हो ।
उपमेयरका उम्मेदवार यादव भने जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवका छोरा हुन् । २०७४ को निर्वाचनमा विराटनगर महानगरपालिकामा काँग्रेसले जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण