प्रदेश १ मा ८ हजार ८ सय ८३ जनाको उम्मेदवारी
निर्वाचन आयोगले साँझ ५ बजे सार्वजनिक गरेको विवरण अनुसार प्रदेश १ मा जम्मा उम्मेदवारको संख्या ८ हजार ८ सय ८३ जना पुगेको छ । आयोगका अनुसार प्रदेश १ का १४ जिल्लाको १३७ वटा पालिकामा प्रमुखमा २४०, र अध्यक्षमा २८१ जनाले उम्मेदवारी दिएका छन् ।
यस्तै उपप्रमुखमा १६१ जना र उपाध्यक्षमा २०२ जनाले उम्मेदवारी दिएका छन् । वडाध्यक्षमा २ हजार १ सय ७०९ जना, महिला सदस्यमा १ हजार ४ सय ४० जना, दलित महिला सदस्यमा १ हजार २ सय ३६ जना र खुल्ला सदस्यमा ३ हजार १ सय १३ जनाले मनोनयन दर्ता गराएका छन् । आयोगका अनुसार सबैभन्दा बढी मोरङमा १७ वटा पालिकामा १ हजार ८ सय ११ जनाले उम्मेदवारी दिएका छन् ।
त्यसबाहेक झापामा १ हजार ४ सय ७५ जना, सुनसरीमा १ हजार १ सय २१ जनाले उम्मेदवारी दिएका छन् । प्रदेश १ को सबैभन्दा कम उम्मेदवार हुने जिल्लामा धनकुटा रहेको छ । धनकुटामा जम्मा ३ जनाले मात्रै उम्मेदवारी दर्ता गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण