शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

फक्ताङलुङ गाउँपालिका-७ को वडा अध्यक्षमा एमालेका शेर्पा सर्वसम्मत निर्वाचित

सोमबार, १२ वैशाख २०७९, २१ : ३२
सोमबार, १२ वैशाख २०७९

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-७ को वडा अध्यक्षमा नेकपा एमालेका नेता छेतेन शेर्पा सर्वसम्मतिमा निर्वाचित भएका छन् । निर्वाचन आयोगले आइतबार र सोमबार गरी दुई दिनसम्म दिएको मनोनयन दर्तामा अन्य कुनै पनि पार्टीबाट उम्मेदवारी दर्ता नभएपछि शेर्पा निर्विरोध निर्वाचित भएका हुन् ।

यस्तै सो वडाको वडा सदस्यमा पनि एमालेका उम्मेदवार नै निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित हुने सदस्यहरूमा टासी शेर्पा र वाङग्या शेर्पा रहेका छन् । यस्तै महिला सदस्यमा फुपुल्हामु श्रेष्ठ र दलित महिला सदस्यमा विपना तुम्वाहाम्फे विक रहेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप