भोजपुरमा पार्टी नीति विपरित मनोनयन दर्ता गर्नेलाई माओवादीद्वारा कारबाही
मङ्गलबार, १३ वैशाख २०७९, १५ : २०
नेकपा माओवादी केन्द्रको भोजपुर जिल्ला कमिटीले पार्टीको नीति, निर्णय र निर्देशन विपरित गठबन्धन भन्दा बाहिरको दलको चुनाव चिन्ह लिएर मनोनयन दर्ता गरेको भन्दै कारबाही गरेको छ। भोजपुर पार्टी संयोजकले एक विज्ञप्ति जारी गर्दै पार्टीको निर्णय विपरित स्थानीय चुनावमा मनोनयन गरेको भन्दै ३ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको हो ।
आफ्नो उम्मेदवारी फिर्ता लिएर पार्टीको काममा फर्किए पुर्नविचार गर्ने समेत बताएको छ। यसरी कारबाही गर्नेमा भोजपुर नगरपालिकाका मोहनसेन राई, षडादन्द नगरपालिकाका शेखर तामाङ र ओमकुमार श्रेष्ठ छन्। पार्टीको निर्णय विपरित जाने जुनसुकै तहका नेतालाई समेत अनुशासनको कारबाही गरिने भोजपुर पार्टीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण