‘सत्तामा टाँसिन इमरान खानले सेनासँग याचना गरे’
बुधबार, १४ वैशाख २०७९, १५ : ४५
पाकिस्तान मुस्लिम लिग नवाज (पीएमएल–एन) का उपाध्यक्ष म्यारीयम नवाजले निवर्तमान प्रधानमन्त्री इमरान खान सत्तामा टाँसिन र आफ्नो सरकार जोगाउन अन्तिम समयसम्म सेनासँग याचन गरेको आरोप लगाएकी छिन् ।
‘इमरान खान यति निराश थिए कि आफ्नो सरकार जोगाउन सेनासँग अन्तिम समयसम्म याचना गरेका थिए । आफूविरुद्धको अविश्वासको प्रस्तावको पूर्वसन्ध्यामा उनले पूर्वराष्ट्रपति तथा पीपीपीका सहअध्यक्ष असिफ अली जर्दारीसँग सहयोग मागेका थिए’, म्यारियमले भनिन् । म्यारियम नवाज सरिफकी छोरी हुन् ।
आफ्नो ७५ वर्षको इतिहासमा पाकिस्तानी सेनाले बारम्बार निर्वाचित सरकार कु गर्दै आएको छ । त्यस्तै, सुरक्षा र विदेश मामिलामा पनि सेनाको हस्तक्षेप देखिन्छ । यद्यपि, सेनाले शहबाज शरीफ र खानबीचको हालैको झगडाबाट आफूलाई अलग राखेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारद्वारा राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता
-
अब रगतबाटै क्यान्सरको परीक्षण
-
विपक्षी दलको बैठकमा सत्तापक्षका माधव नेपाललाई पनि निम्तो
-
१ लाख ४० हजारको उच्च रेकर्डबाट ओर्लियो सुनको भाउ
-
सभामुख संसदीय मर्यादामा नबसेको कांग्रेसको निष्कर्ष
-
दलमा लागेका शिक्षकमाथिको कारबाही विवरण १५ दिनभित्रमा पेस गर्न निर्देशन