विराटनगर एमालेको प्रतिबद्धता : दीर्घ रोगको औषधी निःशुल्क उपलब्ध गराउने
केही पुराना र केही नयाँ कार्यक्रमसहित नेकपा एमालेले विराटनगर लक्षित प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । प्रतिबद्धता पत्रमा कतिपय संघीय सरकारका चलिरहेका कार्यक्रम तथा कतिपय प्रदेश सरकारले सञ्चालन गरेर असफल भएका कार्यक्रम पनि समावेश गरिएको छ । विराटनगरस्थित पार्टी कार्यालय पाञ्चालिमा आयोजित कार्यक्रममा १ सय बुँदे प्रतिबद्धता जाहेर गरिएको हो ।
प्रतिबद्धता पत्रमा दुई वर्ष भित्रमा मुख्य सडकहरूमा सौर्य सडक बत्ती जडान गर्ने उल्लेख गरेको छ । यद्यपि यसअघि महानगरले जडान गरेको पुष्पलाल चोक पानी ट्यांकी सडकको सौर्यवत्ती काम नलाग्ने भइसकेको छ ।
महानगर प्रमुखका उम्मेदवार सागर थापाले स्थानीय स्रोत साधनको उचित प्रयोग गर्ने बताए ।
सो अवसरमा विराटनगरको बजार क्षेत्रलाई तार मुक्त बनाउने घोषणा गरिएको छ । सहरी सौन्दर्यीकरणका लागि टेलिफोन केवल इन्टरनेटका तार जमिन बिछ्याउने उल्लेख गरिएको छ । यस्तै गरिबीको रेखामुनि रहेका नागरिकलाई सुगर, प्रेसर थाइराइड लगायतका दीर्घ रोगको औषधी निःशुल्क उपलब्ध गराउने, विराटनगरका सबै वडामा महानगर स्वास्थ्य केन्द्र स्थापना गरी नगरवासीका लागि निःशुल्क स्वास्थ्य परीक्षण सेवा तथा आधारभूत औषधी उपलब्ध गराउने प्रतिबद्धता जनाइएको छ ।
यस्तै विपन्न परिवारलाई घरायसी प्रयोगका लागि बिजुली निःशुल्क उपलब्ध गराउने लगायतका योजनालाई समेत अगाडि सारेको छ । कार्यक्रममा एमाले प्रदेश १ का इन्चार्ज देवराज घिमिरे, प्रदेश १ का अध्यक्ष तुलसी न्यौपाने, केन्द्रीय नेताहरू लालबाबु पण्डित, विनोद ढकाल लगायतका नेताहरू सहभागी थिए । एमालेले विराटनगर महानगर कमिटी अध्यक्ष सागर थापा र उपाध्यक्ष शिल्पा निरौला कार्कीलाई प्रमुखमा र उपप्रमुखमा अघि सारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण