कोइरालालाई सघाउँदै महेश आचार्य
आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसको तर्फबाट विराटनगर महानगरपालिकाको प्रमुखका उम्मेदवार नागेश कोइराला आजदेखि मतदाताको घरदैलोमा पुगी मत माग्न थालेका छन् ।
निर्वाचन नजिकिँदै गएपछि आफ्ना प्रचारप्रसारलाई तीव्र एवं प्रभावकारी बनाउने योजनामा रहनुभएका उम्मेदवार कोइरालालाई काँग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले समेत सहयोग गरिरहेका छन् । पूर्व अर्थमन्त्रीसमेत रहेका आचार्यले घरदैलोका क्रममा विराटनगरले युवा उम्मेदवारलाई अघिसारेको बताउँदै अब देश र स्थानीय तहको विकास काँग्रेस नेतृत्वको सरकारबाट मात्र सम्भव हुने स्पष्ट पारे ।
कोइरालाको साथमा विभिन्न वडाका उम्मेदवार पनि खटिएका छन् । घरदैलो कार्यक्रमका क्रममा कोइरालाले महानगरको नेतृत्व काँग्रेसमा आएमा जनताको चाहना, भावना अनुसार काम गर्ने बताए । उनले विराटनगरको विकासमा विगतदेखि नै काँग्रेसको योगदान रहँदै आएको दावी गर्दै समय सुहाउँदो महानगरको निर्माण नै आफ्नो अभियान रहेको धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण