सिरियामा इजरायलको आक्रमण जारी, चार सैनिकको मृत्यु

सिरियाको दमासकसमा इजरायलले शक्तिशाली हतियारबाट आक्रमण गरेको बताइएको छ । केही दिन यतादेखि इजरायलले सो हमला जारी राखेको समाचारमा जनाइएको छ ।
बुधबार पनि सिरियाको राजधानी दमासकसमथि इजरायलले हमला गरेको र त्यसका क्रममा कम्तीमा पनि चार जना सिरियाली सैनिक मारिएका बताइएको छ । सिरियाली सरकारी समाचार समिति सानाले दिएको जानकारीअनुसार बुधबार बिहानैदेखि इजरायलले सिरियाको राजधानी दमासकस नजिकैका कतिपय क्षेत्रमा हमला गरिहेको छ र त्यस क्रममा सिरियाली कम्तीमा पनि चार जना सैनिकको ज्यान गएको छ ।
सो आक्रमणबाट भौतिक सम्पत्तिमा पनि क्षति पुगेको सिरियाली सरकारले जनाएको छ । सिरियाली सैनिक स्रोतले जनाएअनुसार यहाँका सैनिकले इजरायलले प्रहार गरेका मिसाइलहरु निस्तेज पारेर खसालिदिएको थियो । सिरियाली हवाई सुरक्षा सैन्य बलले प्रतिरक्षा गरेर ती मिसाइल खसालेपछि ठूलो क्षति हुनबाट रोकिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेसीको जानकारी पत्रमा रवि र छविको हस्ताक्षर नभएपछि सुनुवाइ स्थगित
-
वाणिज्य विभागले गरिरहेको अनुगमनप्रति निजी विद्यालयहरूको आपत्ति
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
३ जना मृतावस्थामा फेला
-
गुजरातविरुद्धको खेलमा विराटको कीर्तिमान तोड्न सक्छन् केएल राहुलले
-
मखन आगलागी : छानबिन गरेर १० दिनभित्र रिपोर्ट बुझाउन उपप्रमुख डंगोलको निर्देशन