सिरियामा इजरायलको आक्रमण जारी, चार सैनिकको मृत्यु
सिरियाको दमासकसमा इजरायलले शक्तिशाली हतियारबाट आक्रमण गरेको बताइएको छ । केही दिन यतादेखि इजरायलले सो हमला जारी राखेको समाचारमा जनाइएको छ ।
बुधबार पनि सिरियाको राजधानी दमासकसमथि इजरायलले हमला गरेको र त्यसका क्रममा कम्तीमा पनि चार जना सिरियाली सैनिक मारिएका बताइएको छ । सिरियाली सरकारी समाचार समिति सानाले दिएको जानकारीअनुसार बुधबार बिहानैदेखि इजरायलले सिरियाको राजधानी दमासकस नजिकैका कतिपय क्षेत्रमा हमला गरिहेको छ र त्यस क्रममा सिरियाली कम्तीमा पनि चार जना सैनिकको ज्यान गएको छ ।
सो आक्रमणबाट भौतिक सम्पत्तिमा पनि क्षति पुगेको सिरियाली सरकारले जनाएको छ । सिरियाली सैनिक स्रोतले जनाएअनुसार यहाँका सैनिकले इजरायलले प्रहार गरेका मिसाइलहरु निस्तेज पारेर खसालिदिएको थियो । सिरियाली हवाई सुरक्षा सैन्य बलले प्रतिरक्षा गरेर ती मिसाइल खसालेपछि ठूलो क्षति हुनबाट रोकिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण