केराबारीमा एमालेकी महिला वडा सदस्यको उम्मेदवारी खारेज
मोरङको केराबारी गाउँपालिका वडा नम्बर १ मा महिला सदस्यमा उम्मेदवारी दिएकी ४७ वर्षीय पवित्रा लिम्बुको उम्मेदवारी खारेज भएको छ । लिम्बुलाई नेकपा एमालेले वडा सदस्यमा उम्मेदवारी उठाएको थियो । उजुरी परेर आवश्यक छानविन गरेपछि लिम्बुको उम्मेदवारी खारेज भएको निर्वाचन कार्यालय केराबारीका प्रमुख भानुभक्त न्यौपानेले जानकारी दिए ।
लिम्बु केराबारी गाउँपालिकाको महिला स्वयंसेविकाको जिम्मेवारीमा बहाल रहेको भन्दै निर्वाचन कार्यालयमा उजुरी परेको थियो । निर्वाचन कार्यालयले उक्त उजुरी उपर निर्णय गरि उम्मेदवारी खारेज गरेको हो । केराबारीमा नेकपा एमालेका चारजना उमेदवारविरुद्ध उजुरी परेको थियो । अन्य तीन जनाले भने सफाइ पाएका छन् ।
एमालेबाट केराबारी गाउँपालिका–८ मा वडाअध्यक्षको उम्मेदवारी दिएका ५७ वर्षीय टिकाराम चापागाईँ, सोही ठाउँमा वडा सदस्यमा एमालेबाटै उम्मेदवारी दिएका २७ वर्षीय दिलबहादुर राई र महिला सदस्यमा उम्मेदवार दिएकी ३७ वर्षीय सन्तोषी सार्की विरुद्ध उजुरी परेको थियो । उनीहरुको हकमा निर्वाचन कार्यालयले सफाइ दिएको छ ।
केराबारी गाउँपालिकामा प्रमुखमा ७, उपाध्यक्षमा ५ जनासहित १९० जनाको उम्मेदवारी परेको छ । यस्तै वडाअध्यक्षमा ४०, महिला सदस्य ३३, दलित महिला सदस्यमा ३४ र खुल्ला सदस्यमा ७० जनाको उम्मेदवारी परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण