माओवादी केन्द्रका बागी उम्मेदवार धमाधम ‘ब्याक’ हुँदै
स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रका आधिकारिक उम्मेदवार तथा सत्तारुढ गठबन्धनमा भएको सहमतिविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका माओवादी केन्द्रकै कतिपय कार्यकर्ता ‘ब्याक’ भएका छन् ।
उम्मेदवारी मनोनयन फिर्ता लिने समय गुज्रिनै लाग्दा शुक्रबार माओवादी केन्द्रका कतिपय बागी उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
सिन्धुपाल्चोकको चौतारा साँगागढी चोक नगरपालिकाको मेयर पदमा स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका अमान सिं तामाङले उम्मेदवारी फिर्ता लिएका छन् । उनले चौतारा साँगागढी चोक नगरपालिकाको मेयर पदमा आधिकारिक रुपमा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका कृष्णप्रसाद सापकोटालाई समर्थन गर्दै उम्मेदवारी लिएका हुन् ।
यस्तै, मकवानपुरको बकैया गाउँपालिकाको अध्यक्ष पदमा माओवादी केन्द्रबाट उम्मेदवारी दर्ता गराएकी लक्ष्मीमाया माझी (कृपा)ले पनि मनोनयन फिर्ता लिएकी छन् ।
उनले सत्तारुढ गठबन्धनका आधिकारिक उम्मेदवार काँग्रेसका धर्मराज लामिछानेलाई समर्थन गर्दै अध्यक्ष पदबाट मनोनयन फिर्ता गरेकी हुन् ।
सत्तारुढ गठबन्धनको शुक्रबार बसेको बैठकले पनि गठबन्धनभित्र भएको सहमति विपरीत उम्मेदवारी दिएका कार्यकर्तालाई उम्मेदवारी फिर्ताका लागि आग्रह गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी
-
फागुन २१ को निर्वाचन प्रक्रियामा प्रचण्डको आशङ्का : त्यत्रो भोट कसरी आयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

