ललितपुर महानगरमा एमाले उम्मेदवारको घरदैलो (तस्बिरसहित)
नेकपा (एमाले) ललितपुर महानगरपालिका मेयर, उमपेयर, वडाध्यक्ष र वडासदस्य पदका उम्मेदवारले शुक्रबारबाट घरदैलो अभियान थालेका छन् । महानगरलाई लालकिल्ला बनाउने दावीसहित उम्मेदवारहरू चुनावी घरदैलोमा लागेको उनीहरुले बताएका छन् ।
एमाले जनताको हकहितमा काम गर्ने पार्टीका रुपमा परिचित रहँदै गर्दा विजयी हुने सुनिश्चितताका साथ मत माग्न वडा नं ७ र ८ च्यासलबाट अभियान शुरु गरिएको मेयरका उम्मेदवार हरीकृष्ण व्यञ्जनकारले बताए । ‘यस पटक महानगरपालिकामा एमालेले विजय हासिल गर्ने निश्चित भइसक्यो । हाम्रो पार्टीका नेता विजय भएपश्चात यस स्थानको मुहारै फेरिदिने छौँ’, उम्मेदवार व्याञ्जनकारले भने, ‘कोरोना महामारीले थलिएका जनताको हितमा समेत विभिन्न काम गर्ने योजना एमालेको रहेको छ ।’ कला र संस्कृतिले भरिपूर्ण ललितपुरमा विभिन्न सम्भावना खोजि गरी जनतालाई रोजगारी प्रदान गरिने लक्ष्य समेत आफूहरुले बोकेको उनको भनाइ छ ।
घरदैलो अभियानमा उपमेयरका उम्मेदवार मञ्जली शाक्य (आस्था) ले महानगरबासीको हक अधिकार सुनिश्चित गर्न आसन्न निर्वाचनमा उम्मेदवारी दिएको बताइन् । घरदैलो कार्यक्रममा एमालेका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज शुशीला नेपाल, जिल्ला कमिटि सचिवालय सदस्य केशवराज आचार्य, वडा नम्बर ७ का अध्यक्ष सुरेन्द्र महर्जन र ८ का अध्यक्ष राजमान महर्जनको सहभागिता रहेको थियो । करिब ४ घण्टासम्म चलेको घरदैलो अभियानमा उम्मेदवारले मन्दिर दर्शन गरेका थिए । उनीहरुलाई वडाका टोल, समुह, गुठीका , ज्यापु समाजसँग आबद्ध व्यक्तिको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण