ओखलढुंगामा ५९ जनाको उम्मेदवारी फिर्ता
शुक्रबार, १६ वैशाख २०७९, २० : २५
ओखलढुंगाका ५९ जना स्वतन्त्र र बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । आठवटा स्थानीय तहका विभिन्न पदमा उम्मेदवारी दर्ता गरेका ५९ जनाले उम्मेदवारी फिर्ता गरेका हुन् ।
जिल्लाको एकमात्र सिद्धिचरण नगरपालिकाको मेयरका बागी उम्मेदवार सिताराम गुरुगसहित खिजीदेम्बा र लिखु पालिकाका बागी उम्मेदवारले भने आफ्नो उम्मेदवारी कायमै राखेका छन् । गुरुगले एमालेकातर्फबाट बागी उम्मेदवारी दिएका थिए ।
सिद्धिचरण नगरपालिकामा एमालेले इच्छाकुमारी गुरुगलाई टिकट दिएपछि जिल्लाका पुराना र इमान्दार भनेर चिनिएका सितारामले बागी उम्मेदवारी दिएका थिए । उम्मेदवारी फिर्ता लिनेमा दुई पालिका प्रमुख, तीन उप–प्रमुख, २५ वडा अध्यक्ष, २१ जना खुल्ला सदस्य, ४ जना महिला सदस्य र ४ जना दलित महिला सदस्य छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण