बीमा कम्पनीहरुले क्षमता बढाउन आवश्यक छ : अध्यक्ष सिलवाल

बीमा समितिका अध्यक्ष सूर्यराज सिलवाल आफूले बीमा कम्पनीहरुलाई फोर्स मर्जरमा लैजान नचाहेको बताएका छन् । राजधानीमा आयोजित बीमा समिति र नेपाल आर्थिक पत्रकारहरु संघ (नाफिज)को संयुक्त कार्याक्रममा बोल्दै अध्यक्ष सिलवालले यस्तो बताएका हुन् ।
सो अवसरमा अध्यक्ष सिलवालले अहिले मुलुककमा जीवन र निर्जीवन गरी झण्डै चार दर्जन हारहारीमा बीमा कम्पनीहरु पुगिसकेको तर क्षमता तथा कार्यदक्षता भने कुनैको पनि राम्रो नभएको बताउँदै बीमा कम्पनीहरुको क्षमता अविवृद्धि गर्नकै लागि आफूले पुँजी वृद्धिको नीति ल्याएको बताए । ‘नीति भन्ने कुरा त्यसै हचुवाको भरमा ल्याइदैन र ल्याएको पनि छैन । हामी समग्र बीमा कम्पनीहरु सक्षम र सबल बनाउन चाहन्छौं । त्यो संख्यात्मकरुपमा मात्र नभई गुणात्मक बनाउन समिति चाहन्छ । यसैले पुँजी वृद्धिको नीति ल्याएका हौं’ अध्यक्ष सिलवालले भने, ‘भारत जस्तो ठूलो अर्थतन्त्र भएको देशमा समेत २२–२३ वटाको संख्यामा मात्र बीमा कम्पनीहरु छन् । तर, हाम्रोमा भने यसको दोब्बर चाहिँने ? यद्यपि, यहाँ प्रश्न संख्याको हैन, गुणस्तरको हो, कार्यक्षमताको हो । त्यसैले यसका लागि पनि कम्पनीहरुको पुँजी वृद्धि आवश्यक छ । बीमा समितिले यसलाई कार्यान्वयन गराइछाड्छ’ उनले भने ।
सो अवसरमा अध्यक्ष सिलवालले यो वा त्यो नाममा बीमा कम्पनीहरुले छुट नपाउने तोकिएकै समय भित्र पुँजी वृद्धि गर्नुपर्ने बताए । यसका लागि कम्पनीहरुले पुँजी वृद्धि गर्न नसके मर्जरमा जानुपर्ने बताए । केहीअघि मात्र बीमा समितिले समय सीमा नै तोकेर बीमा कम्पनीहरुलाई आर्थिक वर्षको असार मसान्तभित्र आवश्यक पुँजी पु¥याइसक्न निर्देशन गरेको छ । यस्तो पुँजी जीवन बीमा कम्पनीहरुले अनिवार्य ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ५० करोड रुपैयाँ पु¥याउनुपर्ने सर्त राखिएको छ ।
हाल सञ्चालनमा रहेका २९ वटा बीमा कम्पनीमध्ये एउटा नेपाल लाइफ इन्स्योरेन्स बाहेकका कुनैपनि बीमा कम्पनीहरुको तोकिएको पुँजी पुग्दैन । यसका लागि कम्पनीहरुले किन सेयर जारी गुर्नपर्ने कि त उपयुक्त पार्टनर खोजेर मर्जरमा जानुपर्ने बाध्यता आइलागेको छ ।
समितिले यही वैशाख १५ गतेसम्म पुँजी वृद्धिको स्पष्ट खाँकासहित योजना पेस गर्न भनेकोमा २४ वटा कम्पनीहरुले मात्र योजना पेश गरेका थिए । बाँकी १४ वटा कम्पनीले कुनै योजना पेश गर्न सकेनन् । बुझाएकाहरुले पनि मर्जरलाई नै पुँजी वृद्धिको प्रमुख बाटो हुनसक्नेगरि योजना पेश गरेका छन् ।
बीमा कम्पनीहरुको पुँजी वृद्धिपछि बीमा कम्पनीहरुको कार्यक्षमता तथा स्तर बढ्ने र यसले बीमा क्षेत्रको प्रभावकारिता बढ्ने समितिको विश्वास छ । यसले अहिलेको बीमा क्षेत्रको करिब ३४ प्रतिशतको पहुँच विस्तार भएर ६०–७० प्रतिशतसम्म पुग्ने अपेक्षा गरेको छ । यसका लागि सरकारले समेत बीमा क्षेत्रलाई सहयोग गर्नुपर्ने अध्यक्ष सिलवालको भनाइ छ । बीमालाई उच्च स्थान दिन सवारी करमा जस्तै घरजग्गा, कृषि, स्वास्थ्य लगायतका क्षेत्रमा समेत अनिवार्य बीमाको सर्त राखिनुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँच शताब्दी पुरानो गुम्बा जीर्णोद्धार
-
मलाई प्यारो छ मेरो जन्मभूमि
-
गलत तरिकाले खुसीयाली मनाउँदा अप्ठ्यारोमा परे कोलकाताका बलर वरुण चक्रवर्ती
-
‘ऊनको स्वीटर’ र ‘जार’को अग्रिम बुकिङ खुला, कसको कति शो ?
-
कोलम्बिया विश्वविद्यालयबाट प्यालेस्टाइन समर्थक प्रदर्शनकारीहरू पक्राउ
-
पुस्तक मेला गर्दै नेपालय, अफरमा पुस्तकमा छुटदेखि लेखकसँग भेटघाटसम्म