‘ऊनको स्वीटर’ र ‘जार’को अग्रिम बुकिङ खुला, कसको कति शो ?
काठमाडौँ । शुक्रबारबाट प्रदर्शनमा आउँने तयारीमा रहेका दुई फिल्म ‘ऊनको स्वीटर’ र ‘जार’ले अग्रिम टिकट बुकिङ खुला भएको छ । फिल्मका लागि देशभरका प्रायः मल्टीप्लेक्स हलहरूले शो टाइमसहित अग्रिम टिकट बुकिङ खुला गरेको हो ।
एकसाथ देशभर प्रदर्शनमा आउन लागेको यी दुई फिल्ममा कलाकार र विषयवस्तु भने फरक छन् । सायद त्यसैले पनि होला हलले शो पनि फर दिएको छ । दुई फिल्ममध्ये शो संख्यामा ‘ऊनको स्वीटर’ अगाडि देखिएको छ ।
यसलाई देशकै ठुलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले काठमाडौँ उपत्यकामा २१ र मोफसलमा २६ गरी कुल ४७ शो दिएको छ । फिल्मलाई पहिलो दिनका लागि देशभरका हलमा एक सय हाराहारी शो प्राप्त छ । केही हलमा अझै बुकिङ खुल्न बाँकी रहेकाले शोमा थपघट हुनसक्छ ।
त्यस्तै ‘जार’को शो भने ‘ऊनको स्वीटर’ भन्दा केही कम छ । क्यूएफएक्स चेनले देशभर गरी फिल्मलाई २३ शो दिएको छ भने पहिलो दिनका लागि देशव्यापी ५० हाराहारी शो रहेका छन् । फिल्मको बिहीबार साँझसम्म केही शो बढ्न सक्नेछ बताइन्छ । अब उपलब्ध शोलाई अकुपेन्सीमा बदल्नुपर्ने चुनौती दुवै फिल्मलाई छ ।
दुबै फिल्मले प्रिमिएर गरिसकेका छन् । प्रिमिएरमा सकारात्मक प्रतिक्रिया पाउन सफल यी दुई फिल्मले व्यवसाय गर्ने समेत अपेक्षा गरिएको छ ।
‘ऊनको स्वीटर’ नवीन चौहानको निर्देशनमा बनेको फिल्म हो । फिल्ममा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस लगायतको अभिनय छ । फिल्मले अन्तरजातीय प्रेमकथा देखाउन खोजेको छ ।
‘जार’ साहित्यकार इन्द्रबहादुर राईको बहुचर्चित कथामा आधारित फिल्म हो । फुर्वा छिरिङ लामा निर्देशित फिल्ममा सौगात मल्ल, अनुप विक्रम शाही र गीताञ्जली थापाको अभिनय छ । फिल्मले पुरानो जार प्रथाको कथा भन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण