भारतको हवाई आक्रमण पछि अहिलेसम्म के भयो ?
नयाँ दिल्ली । भारतीय सेनाले पाकिस्तानमाथि गरेको हवाई आक्रमणपछिका केही घण्टामा घटनाक्रम द्रुत गतिमा परिवर्तन भइरहेका छन् । जम्मू कश्मीरको पहलगाममा पर्यटकहरूमाथि भएको आक्रमणको दुई हप्तापछि भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका धेरै ठाउँमा आक्रमण गरेको छ । भारतले यी आक्रमणहरूलाई ‘अपरेसन सिन्दूर’ नाम दिएको छ ।
भारतले पाकिस्तानका नौ स्थानमा आक्रमण गरेको बताएको छ । पाकिस्तानका विदेशमन्त्री इशाक दारले आक्रमणमा आठ पाकिस्तानी नागरिकको मृत्यु भएको पुष्टि गर्दै यी आक्रमणहरूमा अन्य ३५ जना घाइते भएको बताएका छन् ।
भारतीय सेनाका प्रवक्ताले बीबीसीलाई बताएअनुसार काश्मिरमा पाकिस्तानी सेनाले गरेको गोलीबारीमा तीन भारतीय नागरिकको मृत्यु भएको छ । पाकिस्तान र भारतले धेरै क्षेत्रहरूमा स्कुल र कलेजहरू बन्द गरेका छन् । भारतीय सेनाले ‘अपरेसन सिन्दूर’ सुरु गरेपछि, धेरै एयरलाइन्सहरूले ट्राभल एड्भाइजरी जारी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण