कोलम्बिया विश्वविद्यालयबाट प्यालेस्टाइन समर्थक प्रदर्शनकारीहरू पक्राउ
वासिङ्टन डीसी । न्युयोर्क प्रहरीले बुधबार कोलम्बिया विश्वविद्यालयको मुख्य पुस्तकालयको एक भाग कब्जा गर्ने दर्जनौँ प्यालेस्टाइन समर्थक प्रदर्शनकारीहरूलाई पक्राउ गरेको छ । कोलम्बिया विश्वविद्यालयका अध्यक्ष क्लेयर शिपम्यानको एक विज्ञप्तिअनुसार बुधबार प्रदर्शनकारीहरू जबरजस्ती बटलर पुस्तकालयमा प्रवेश गरेका थिए ।
यस समयमा विश्वविद्यालयका दुई सुरक्षा अधिकारी घाइते भएको बताइएको छ । न्युयोर्क प्रहरीबाट सहयोग मागेको शिपम्यानले बताए । न्युयोर्क सहर प्रहरी विभागले पनि माइक्रो ब्लगिङ वेबसाइट एक्समा पोस्ट गरेर घटनाबारे जानकारी गराएको थियो ।
कोलम्बिया विश्वविद्यालयको अनुरोधमा न्यु योर्क प्रहरीले क्याम्पसमा भएको परिस्थितिमा प्रतिक्रिया दिएको प्रहरीले भनेको छ । कयौँ व्यक्तिहरूले पुस्तकालय कब्जा गरेको प्रहरीको भनाइ छ ।
क्याम्पसबाट निस्कने पत्रिका कोलम्बिया स्पेक्टेटरका अनुसार प्रहरीले ७० भन्दा बढी प्रदर्शनकारीहरूलाई पक्राउ गरेको छ । अधिकांश प्रदर्शनकारीहरू विश्वविद्यालयका विद्यार्थीहरू नभएको शिपम्यानले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण