गलत तरिकाले खुसीयाली मनाउँदा अप्ठ्यारोमा परे कोलकाताका बलर वरुण चक्रवर्ती
काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले कोलकाता नाइट राइडर्सका बलर वरुण चक्रवर्तीमाथि जरिवाना लगाएको छ । इन्डियन प्रिमियर लिग (आईपीएल) को बुधबार राति सम्पन्न चेन्नई सुपर किङ्सविरुद्धको खेलपछि बीसीसीआईले वरुणलाई जरिवाना तिराउने निर्णय लिएको हो ।
उक्त खेलमा उपाधि होडबाट बाहिरिइसकेको चेन्नईले प्ले–अफ चरणमा पुग्न सँघर्षरत कोलकातालाई उसैको घरेलु मैदानमा दुई विकेटले हराएको थियो । चेन्नईसँग हारेपछि साविक विजेता कोलकाताको प्ले–अफ चरणको यात्रा पनि संकटमा परेको छ ।
उक्त खेलमा प्रभावशाली स्पिनर वरुण चक्रवर्तीले दुई विकेट पनि लिएका थिए । खेलका क्रममा आईपीएलको आचार संहिता उल्लंघन गरेको भन्दै बीसीसीआईले उनलाई जरिवाना लगाएको हो । उनले आफ्नो म्याच फिको २५ प्रतिशत रकम जरिवाना तिर्नुपर्ने भएको छ ।
जरिवानासँगै वरुणलाई एक डिमेरिट अंक पनि प्रदान गरिएको छ । विकेट लिएपछि गलत तरिकाले खुसीयाली मनाएका कारण वरुणमाथि जरिवाना लगाइएको समाचारमा जनाइएको छ । उनले चेन्नईका ब्याट्सम्यान डेवाल्ड ब्रेविसको विकेट लिएपछि गलत तरिकाले खुसीयाली मनाएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
हिमाचल प्रदेशमा पहिरोले कार पुरिँदा ६ महिनाका बालकसहित १३ जनाको मृत्यु, २ घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण