१४ दिनपछि बल्ल उठ्यो फोहोर
स्थानायबासाका अवरोधका कारण १४ दिनदेखि अवरुद्ध फोहोर ढुवानी शुरू भएको छ। पटकपटक आग्रह गर्दा पनि स्थानीयबासीले फोहोर लैजान नदिएपछि हिजो शनिबार नेपाल प्रहरी र सशस्त्र प्रहरीबलको सुरक्षा घेरामा फोहोर विसर्जन भएको हो।
मुबु-तीनपिप्ले बण्डको बाटो कालोपत्रे गर्नुपर्ने माग राख्दै स्थानीयवासीले वैशाख ११ गतेदेखि फोहोर ढुवानीमा अवरोध गरेका थिए। फोहोरका कारण राजधानीलगायत उपत्यकाका १८ स्थानीय निकायको फाहोर व्यवस्थापन हुन नसकेर दुर्गन्धित भएपछि सरकारले प्रहरी परिचालन मारी उपत्यकाको फोहोर सिसडोल ल्यान्डफिलमा लगेको हो।
कामपाको वातावरण तथा कृषि विभागका निमित्त प्रमुख सरिता राईका अनुसार शनिबार बिहान करिब १ सय ४६ ट्रक फोहोर सिसडोल पुयाइएका थियो। दिउँसो भने पानी परेका कारण फोहोर व्यवस्थापन रोकिएको थियो। उनका अनुसार विभागले गृह मन्त्रालयलाई पत्राचार गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरी परिचालन गरी फोहोर विसर्जन गरेको हो।
विभागीय प्रमुख राईले भने स्थानीयसँग नियमित छलफल भइरहेको छ। सडक निर्माणको काम हुँदाहुँदै स्थानीयले राजमार्गमा फोहोरका गाडी गुइन नदिने भन्दै नयाँ माग राखेर बाटो अवरुद्ध गरेका हुन्। यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपमानित गरेको भिडिओ सार्वजनिक भएपछि बालिकाद्वारा आत्महत्या
-
हात्ती प्रभावित क्षेत्रको अवस्था बुझ्न गृहमन्त्री गुरुङ झापामा
-
स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गरिने छ : स्वास्थ्य मन्त्री
-
नेप्से परिसूचक २६ अङ्कले घट्यो
-
सगरमाथा चढ्नुअघि सात हजार मिटरभन्दा माथिको हिमाल आरोहण अनिवार्य बनाइँदै
-
१११ जनालाई केन्द्रीय सदस्य बनाउने र सदस्यता अध्यावधिक नगर्ने विषय स्वीकार्न सकिन्न : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण