कैलालीमा हिट एन्ड रन : फरार भारतीय नागरिक पक्राउ
सारांश
- कैलालीको धनगढीमा भारतीय नम्बर प्लेटको कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
- दुर्घटनामा मोटरसाइकलको पछाडि सवार बैतडीका ४८ वर्षीय पदम चन्दको ज्यान गएको हो ।
- दुर्घटना गराएपछि फरार भएका भारतीय नागरिक चालक अश्वनी कुमार सिंहलाई प्रहरीले कारसहित पक्राउ गरेको छ ।
कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका ३ बोराडाँडी चोकमा भारतीय नम्बर प्लेटको कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार बैतडीको सिगास गाउँपालिका १ गजकोट निवासी ४८ वर्षीय पदम चन्दको ज्यान गएको हो ।
धनगढी चौराहाबाट अत्तरियातर्फ जाँदै गरेको से ४ प ९५२ नम्बरको मोटरसाइकललाई यूपी६५ईएक्स ०१०० नम्बरको भारतीय कारले ठक्कर दिएको थियो । कारको ठक्करबाट गम्भीर घाइते भएका चन्दलाई तत्काल उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर घाइते भएका मोटरसाइकल चालक गौतम ऐरको भने धनगढीकै सीपी अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था अहिले सामान्य रहेको बताइएको छ ।
दुर्घटना गराएलगत्तै कारसहित फरार भएका चालकलाई प्रहरीले पक्रेको छ । भारतको उत्तर प्रदेश, वाराणसी बस्ने ४२ वर्षीय अश्वनी कुमार सिंहलाई कारसहित कैलालीको गोदावरी नगरपालिका ६ लालपुरबाट नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेका चालकमाथि हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भग्नावशेषमा च्यापिएका बाबु र भाइहरूको जीवन बचाउने ती ‘हिरो’ छोरा
-
रास्वपामा परिवारवाद र नातावाद पूर्ण निषेध
-
‘चंगुल’ भदौ १९ गते रिलिज हुने
-
‘हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै
-
असार लागेपछि पक्की सडक भत्काएर ढल निर्माण सुरु, स्थानीयबासीलाई सास्ती
-
प्राविधिक समस्या देखिँदा प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण भएन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण