नियमविपरीत सञ्चालित शैक्षिक परामर्श संस्था कारबाहीको दायरामा
झापा । जिल्लामा नियमविपरीत सञ्चालित शैक्षिक परामर्श संस्था कारबाहीको दायरामा आएका छन् ।
नेपाल शैक्षिक परामर्श व्यवसायी सङ्घ (इक्यान) झापाले जिल्लामा झन्डै २०० वटा शैक्षिक परामर्श संस्था नियमविपरीत सञ्चालन हँुदै आएको दाबी गरेको छ । इक्यानको परामर्शमा इलाका प्रहरी कार्यालयले जिल्लाका विभिन्न स्थानमा अनुगमन गरी कानुनअनुसार दर्ता नभएका शैक्षिक परामर्श दाता संस्थाको कागजात जफत गरी कारबाहीको दायरामा ल्याइएको छ ।
प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार कोशी प्रदेश सरकारमा जिल्लाका १८८ शैक्षिक संस्था नियमानुसार दर्ता भएका छन् । तर, झन्डै आधाले दर्ता अनुमतिबिनानै भाषा अध्यापनका लागि शैक्षिक परामर्श कक्षाहरु सञ्चालन गरेका भेट्टिएकाले कानुनको दायरमा ल्याउनुपरेको उनले जानकारी दिए ।
दमकमा करिब ९०, विर्तामोडमा १२५ शैक्षिक परामर्श दाता संस्था छन् । दमकमा सञ्चालित परामर्श दाता संस्थामध्ये ३२ वटाले दर्ता अनुमति लिएका छन् । भाषा अध्यापन गराउने शैक्षिक परामर्श दाता संस्थाले विद्यार्थीसँग मोटो रकम असुल गरी आएको गुनासो आएपछि प्रशासनले अनुगमन तीव्र बनाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कम्बोडियाको वन्यजन्तु अध्ययनमा एसियाली हात्तीसहित १४ दुर्लभ प्रजाति फेला
-
ब्रिटिश प्रोफेशनल कलेजमा युनिभर्सिटी अफ लन्डनको बीएससी र एमएससी कार्यक्रम सुरु
-
प्रधानमन्त्रीले विपक्षी दलको नेता बोल्दा सदनमा उपस्थित हुने परम्परा तोड्नुभयो : आङ्देम्बे (पूर्णपाठ)
-
के छ शिक्षा नियमावली १०औँ संशोधनमा ?
-
सुशासन, पारदर्शिता र जबाफदेही सरकार नै आजको आवश्यकता
-
इरानका नयाँ नेतृत्वलाई इजरायली रक्षामन्त्रीको यस्तो चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण