उम्मेदवारको घरमा मध्यराति बम विस्फोट
कपिलवस्तु - कपिलवस्तुमा शुक्रबार राति संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च(थरुहट) प्रतिनिधिसभा १ प्रदेसभा (१) का उम्मेदवार दिनेश जयसवालको घरमा बम विस्फोट भएको छ । बम विस्फोटबाट जस्तापातामा प्वाल परेको छ ।
वाणगंगा नगरपालिका वडा नम्बर १० कोरिया चोकमा अज्ञात समूहले दुई पटकसम्म बम विष्फोट गराएको स्थानीयले बताएका छन् । घरमा लक्षित गरी प्रहार गरिएको बमबाट कुनै मानवीय क्षति नभए पनि जस्तापातामा प्वाल परेको उम्मेदवारका दाजु शिवगुलाम कलवारले बताए ।
राति करिब एक बजेको समयमा तीन चार जनाको समूहमा आएका अज्ञात समूहले घर तोडफोड गर्न थालेपछि आफूहरुले रोक्न खोज्दा बम प्रहार गरेको कलवारले दाबी गरे ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक प्रल्हाद अधिकारले उम्मेदवार घरमा विस्फोट गराइएको बम तर्साउनका लागि हुन सक्ने बताए । आफूहरुले उक्त विषयमा अनुसन्धान गरिरहेको उनले जनाए । उम्मेदवार कलवारलाई संघीय समाजवादी फोरम नेपालले प्रदेसभामा सघाएको छ ।
शुक्रबार दिउँसो मात्र शिवराज नगरपालिका ९ भगवानपुरमा नयाँ शक्ति नेपाल पार्टीका प्रतिनिधिसभा ३ का उम्मेदवारलाई लक्षित गरि रिमोट बम प्रहार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पकालीन आप्रवासन नियमविरुद्ध लडेका समूहलाई कानुनी शुल्क दिन अदालतको अस्वीकार
-
संसदमा मन्त्रीहरूले नियम मिचेको भन्दै एमालेको आपत्ति
-
सुरुङ खनेर तीन घरमा चोरी
-
रक्षा मन्त्रालयको बजेट किताब उपलब्ध गराइयोस् : हर्क साम्पाङ
-
कांग्रेसले संसदमा खोज्यो प्रधानमन्त्री र गृहमन्त्रीबारेको छानबिन प्रतिवेदन
-
प्रतिपक्षको रचनात्मक भूमिकालाई कमजोरी नठान्न नेकपाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण