नाइजेरियामा बन्दुकधारीद्वारा ४८ जनाको हत्या
आइतबार, २५ वैशाख २०७९, २२ : १४
नाइजेरियाको उत्तर पश्चिमी जाम्फारा राज्यका तीन गाउँमा भएको आक्रमणमा बन्दुकधारीहरूले कम्तीमा ४८ जनाको हत्या गरेको स्थानीय अधिकारी र बासिन्दाले आइतबार बताएका छन् ।
बकुरा गाविसका प्रशासकीय प्रमुख अमिनु सुलेमानले एक जना बासिन्दाले उपलब्ध गराएको मृतक सङ्ख्यालाई पुष्टि गर्दै भने, “तीन गाउँ दम्री, सबोन गारिन र कालाहमा डाँकाहरूले गरेको नृसंश आक्रमणमा ४८ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ ।”
आक्रमणस्थल शहरबाट धेरै टाढा जङ्गली क्षेत्रमा रहेकोले घटनाबारे थप विस्तृत विवरणहरू आउन अझै केही समय लाग्ने बताइएको छ । अफ्रिकी मुलुक नाइजेरियामा गाउँहरूमा सरकारी सुरक्षा संयन्त्र नपुग्दा वर्षेनी डाकाहरूको आक्रमणबाट सर्वसाधारणले ज्यान गुमाउने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण