रुससँग अन्तिमसम्म लड्न तयार रहेको यूक्रेनी सेनाको दावी
रुस नियन्त्रित सहर मारियुपलमा रहेको अजोभस्टल स्टील कारखानामा यूक्रेनी सैनिकहरू लुकेर बसेको बताइएको छ । रूसी सेनाका गतिविधि नियालीरहेको यूक्रेनी सैनिकले रुसी सेनाबाट प्रतिशोधको डरले आत्मसमर्पण गर्न नसकेको आइतबार बताएका छन् ।
“हामी, मारियुपोलको वरपर रहेका सबै सैनिक कर्मचारीहरू, रूसी सेनाले गरेका युद्ध अपराधहरूलाई प्रत्यक्ष देखेका छौं । हामी साक्षी छौं । आत्मसमर्पण एउटा विकल्प होइन किनभने रुसले हाम्रो जीवनको कुनै प्रवाह गर्दैन,” अजोभ रेजिमेन्ट गुप्तचर अधिकारी इया सामोलेन्कोले भने ।
“हाम्रा सबै सरसामानहरू सीमित छन् । हामीसित अझै साहस छ । प्रशस्त खाने खाद्यान्न नभएपनि हामीसँग अझै स्वाभिमान छ र यसले हामीलाई उर्जा दिएको छ । हाम्रा पाखुराहरू थाकेका छैनन् । हामीसँग सीमित भएपनि व्यक्तिगत हतियारहरू छन् । स्थितिको सर्वोत्तम समाधान नभएसम्म हामी लड्नेछौं,” सामोलेन्कोले भने ।
युक्रेनले संयुक्त राष्ट्रसंघ र रेडक्रसको समन्वयमा भएको मानवीय मिसनका क्रममा सबै महिला, बालबालिका र वृद्ध नागरिकलाई अजोभस्टलबाट भाग्न दिइएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण