कसरी गर्ने सही तरिकाले मतदान ? (भिडियोसहित)
निर्वाचनको मिति नजिकिँदै गर्दा यस वर्ष मतपत्र बढी बदर हुने हो कि भन्ने आम मतदाता र सरोकारवालाहरूको चिन्ता बढेको छ । मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नभएको गुनासोका बीच विभिन्न दल बीच गठबन्धन हुँदा मतदाताले फरक–फरक उम्मेदवारका लागि फरक–फरक चुनाव चिन्ह छनोट गर्नुपर्ने बाध्यता रहेको छ । साथै थुप्रै स्थानमा स्वतन्त्र उम्मेदवारहरू पिन रहेका कारण यस बारेमा बढी चासो बढेको पाइन्छ ।
आसन्न निर्वाचन आयोगले दुई ढाँचाका मत पत्रको व्यवस्था गरेको छ । आयोगका सूचना अधिकारी एवम् सह प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार पहिलो ढाँचा वाला मतपत्र जुन एक पेजमा ठाडो लहरमा क्रमशः ठूला दलहरूको त्यसपछि साना दल र स्वतन्त्र उम्मेदवारहरूको निर्वाचन चिन्ह राखेर तयार गरिएको छ । स्थानीय तहका लागि आवश्यक प्रमुख, उप–प्रमुख, वडा अध्यक्ष, महिला सदस्य, दलित सदस्य र दुई खुल्ला गरी सात जना निर्वाचित गर्नु पर्ने हुन्छ । सोही बमोजिम आयोगले पहिलो ढाँचाको मत पत्र ३६ वटा जिल्लाका लागि तयार गरेको छ ।
यस्तै दोस्रो ढाँचाको मत पत्र बाँकी ४१ जिल्लाका लागि एकै पेजको दुई खण्डमा तयार गरिएको छ । उक्त मतपत्र पनि दायाँ र बायाँ खण्डमा गरी क्रमशः ठूला दलहरूको त्यसपछि साना दल र स्वतन्त्र उम्मेदवारहरूको निर्वाचन चिन्ह राखेर तयार गरिएको छ ।
हरेक मतदाताले आफूलाई मन मरेको उम्मेदवारलाई छनौट गरी एक पद एक स्वस्तिक छापको प्रयोग गर्न आग्रह गरेको छ । यस्तै मतदान पछि स्वस्तिक छापको मसी अन्य चुनाव चिन्ह वा अन्यत्र नलत्तियोस् भनेर सावधानीपूर्वक पट्याएर मतपेटिकामा आफ्नो अमूल्य मत खसाल्न पनि आयोगले आग्रह गरेको छ ।
मतदातालाई सही तरिकाले कसरी मतदान गर्ने भन्ने विषयमा जानकारी दिन आयोगका सूचना अधिकारी एवम् सहप्रवक्ता सूर्यप्रसाद अर्यालको सहयोगमा रातोपाटीले तयार भिडियो रिपोर्ट :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण