भक्तपुरका मतदानस्थलमा पन्ध्र सय सुरक्षाकर्मी परिचालन
स्थानीय तहको निर्वाचनका लागि जिल्ला प्रशासन कार्यालय भक्तपुरले स्थानीय तह रणनीतिक सुरक्षा योजना तयार गर्दै एक हजार ५०० सुरक्षाकर्मी परिचालन गर्ने भएको छ । जिल्लाका चार नगरपालिकाको सबै मतदानस्थल तथा मतदान केन्द्रको सुरक्षाका लागि नेपाल प्रहरी ५१५, म्यादी प्रहरी ७७०, सशस्त्र प्रहरी २०३ जना गरी एक हजार ४९३ सुरक्षाकर्मी परिचालन गरेको भक्तपुरको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् ।
उनले सुरक्षाका लागि आवश्यकताअनुसार नेपाली सेनाको सुरक्षा टोलीसमेत थप परिचालन गर्ने जानकारी दिइन् । भक्तपुरमा कूल ७७ मतदानस्थल र २१९ वटा मतदान केन्द्र छन् । भक्तपुर नगरपालिकामा १६ मतदानस्थल ६२ मतदान केन्द्र, चाँगुनारायण नगरपालिकामा २१ मतदानस्थल ५३ मतदान केन्द्र, सूर्यबिनायक नगरपालिकामा २३ मतदानस्थल ५८ मतदान केन्द्र र मध्यपुरथिमि नगरपालिकामा १७ मतदानस्थल ४६ मतदान केन्द्र निर्धारण गरेको छ ।
जिल्लाका चार नगरपालिकाहरूमा भक्तपुर नपामा २७ हजार ६५६ पुरुष २९ हजार ६१४ महिला गरी कूल ५७ हजार २७०, चाँगुनारायण नगरपालिकामा २१ हजार ०९८ पुरुष र २२ हजार सात महिला गरी कूल ४३ हजार १०५, सूर्यबिनायक नगरपालिकामा २२ हजार ९८० पुरुष, २४ हजार ३८५ महिला र दुईजना तेस्रो लिङ्गी गरी कूल ४७ हजार ३६७, मध्यपुरथिमि नगरपालिकामा २० हजार ५३१ पुरुष र २१ हजार ३०८ महिला गरी ४१ हजार ८४२ जना मतदाता रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण