देउवा र माेदीले मायादेवीको मन्दिरमा प्रार्थना गर्ने, द्विपक्षीय वार्ता हुने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जेठ २ गते लुम्बिनी आउने भएका छन् । बुद्ध जयन्तीको दिनमा त्यहाँ आयोजना गरिने विशेष समारोहमा सहभागी हुन उनी लुम्बिनी आउन लागेका हुन् ।
मोदीको भारतीय प्रधानमन्त्रीको रुपमा गर्न लागेको यो पाँचौं नेपाल भ्रमण हो । परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै मोदीको लुम्बिनी भ्रमणको औपचारिक घोषणा गरेको हो । उनी प्रधानमन्त्री शेरबहादुर देउवाको औपचारिक निमन्त्रणमा लुम्बिनी भ्रमणमा आउन लागेका हुन् ।
लुम्बिनी भ्रमणको बेला दुई देशका प्रधानमन्त्रीले संयुक्त रुपमा सेन्टर फर बुद्धिस्ट कल्चर एण्ड हेरिटेजको शिलान्यास गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । दुवै देशका प्रधानमन्त्रीले लुम्बिनीमा रहेको मायादेवीको मन्दिरमा प्रार्थना गर्ने कार्यक्रम पनि रहेको परराष्ट्रद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
परराष्ट्रमन्त्री डा. नारायण खड्काले भारतीय प्रधानमन्त्री मोदीलाई लुम्बिनीमा नै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । लुम्बिनीमा नै दुई देशका प्रधानमन्त्रीबीच उच्चस्तरीय द्विपक्षीय वार्ता हुनेछ । वार्तामा नेपाल–भारत सम्बन्धका सबै आयामहरूमा छलफल हुने परराष्ट्रले जनाएको छ । भारतीय प्रधानमन्त्रीको लुम्बिनी भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने परराष्ट्रले जनाएको छ । भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीबाट सोही दिन स्वदेश फर्कने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद् बैठक बहिष्कार गरेको दिनको भत्ता नलिने राप्रपाको घोषणा
-
सभामुख घिमिरे र रास्वपाका नेताहरूबिच छलफल
-
मुस्ताङमा स्याउ बगैचाभित्र जौ खेती : दोहोरो आम्दानी
-
सभामुखमाथि टिप्पणी गर्नेलाई योगेशको प्रश्न : एक पटक ऐनामा अनुहार हेर्ने कि ?
-
इरानी क्षेप्यास्त्र आक्रमणका कारण तेल अभिभमा १२ जना घाइते
-
देश बनाउन प्रचण्डको विकल्प छैन : अग्नि सापकोटा