आगामी जेठ २ गतेसम्म अदालत बन्द रहने
बिहीबार, २९ वैशाख २०७९, २२ : ५५
स्थानीय तहको निर्वाचन र सार्वजनिक बिदाका कारण सर्वोच्च अदालतसहित देशभरका अदालत आगामी जेठ २ गतेसम्म बन्द हुने भएका छन् । सर्वोच्च अदालतका सह प्रवक्ता देवेन्द्र ढकालले बिहिबार जारी गरेको सूचनामा यही वैशाख ३० गतेदेखि आगामी जेठ २ गतेसम्म स्थानीय तहको निर्वाचन एवं सार्वजनिक बिदा परी लगातार चार दिन अदालत बन्द रहने उल्लेख छ ।
अदालतले न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम आगामी जेठ २ गते सोमबारका दिन बन्दीप्रत्यक्षीकरणको सुनुवाइ गर्ने प्रयोजनार्थ बिहान ११ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म सर्वोच्च अदालत खुला रहने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण