नेपालमा १० वटा नाउर र झारलको सिकार
विभिन्न मुलुकका सिकारीले यस पटक नेपालमा १० वटा नाउर र झारलको सिकार गरेका छन् । सिकार गर्ने उद्देश्यसाथ स्थापना भएको नेपालको ढोरपाटन सिकार आरक्षमा सिकारीहरूले अनुमति लिएर सिकार गरेका हुन् । कानुनले नेपाली नागरिकलाई सिकार गर्न सक्ने व्यवस्था गरे पनि निकै खर्चिलो हुने हुँदा हालसम्म नेपालीले सिकार भने गरेको रेकर्ड छैन ।
फागुनदेखि वैशाखसम्मको सिकारी मौसममा सिकार गर्ने अनुमति लिएका पाँच जनाले भने सिकार मार्न सकेनन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट नौवटा नाउर र छवटा झारलको सिकार गर्न अनुमति दिइएको थियो । तीमध्ये १० जनाले मात्र सिकार मार्न सफल भएको विभागले जनाएको छ ।
सिकार गर्न सफल सिकारीले नेपालबाट आफ्नो देशमा ती वन्यजन्तुको छाला र सिङ आफ्नो मुलुक लान पाउने व्यवस्था छ । विभागका व्यवस्थापन अधिकृत अशोक भण्डारीका अनुसार सिकारीले मारेको सिकारको छाला र सिङलाई आफ्नो मुलुक लैजान पाउने गरी साइटिसले अनुमति दिनुपर्ने हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपमानित गरेको भिडिओ सार्वजनिक भएपछि बालिकाद्वारा आत्महत्या
-
हात्ती प्रभावित क्षेत्रको अवस्था बुझ्न गृहमन्त्री गुरुङ झापामा
-
स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गरिने छ : स्वास्थ्य मन्त्री
-
नेप्से परिसूचक २६ अङ्कले घट्यो
-
सगरमाथा चढ्नुअघि सात हजार मिटरभन्दा माथिको हिमाल आरोहण अनिवार्य बनाइँदै
-
१११ जनालाई केन्द्रीय सदस्य बनाउने र सदस्यता अध्यावधिक नगर्ने विषय स्वीकार्न सकिन्न : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण