‘आईफा अवार्ड २०२२’ स्थगित
बलिउडको प्रतिष्ठित अवार्ड ‘आईफा अवार्ड २०२२’ स्थगित भएको छ । युएईको अबु धाबीमा २०–२१ मे २०२२ मा हुने भनिएको अवार्ड संयुक्त अरब इमिरेट्स (युएई) का राष्ट्रपति शेख खलिफा बिन जायद अल नाह्यानको निधनका कारण स्थगित गरिएको हो ।
राष्ट्रपति शेखको निधनको कारण युएईमा ४० दिने शोकको घोषणा भएको छ । अव अवार्ड १४ देखि १६ जुलाईमा आयोजना हुने आयोजकले जनाएको छ । राष्ट्रपति शेखको शुक्रबार निधन भएको थियो । राष्ट्रपति शेखको निधनमा ४० दिने राष्ट्रिय बिदाको अलवा झण्डा आधा झुकाइएको छ ।
आईफा यस आइल्याण्डमा आयोजना कार्यक्रम थियो । यस पटक अवार्डमा छायांकन, पटकथा, संवाद, सम्पादन, कोरियोग्राफी, साउन्ड डिजाइन, साउन्ड मिक्सिङ, ब्याकग्राउन्ड स्कोर र स्पेशल इफेक्ट (भिजुअल) गरी ९ विधा समावेश गरिएको छ । कार्यक्रम संस्कृति तथा पर्यटन विभाग –अबु धाबी (डीसीटी) को सहकार्यमा आयोजना हुन लागेको हो ।
बलिउड सुपरस्टार सलमान खान, रितेश देशमुख, मनीष पोल, रणवीर सिंह, कार्तिक आर्यन, सारा अली खान, वरुण धवन, अनन्या पाण्डे, दिव्या खोसला कुमार र नोरा फतेही कार्यक्रम सहभागी हुने तय भएको थियो ।
आइफा बलिउडका सबैभन्दा ठूला निर्माता– निर्देशक करण जौहर र अभिनेत्री परिणिती चोपडाको आयोजनामा हुन लागेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ
-
नेकपा कोशीले बनायो १ हजार ४९९ सदस्यीय समिति, प्रचण्डले गराए शपथ
-
उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न
-
लागुऔषधविरुद्ध झापा प्रहरीको ‘स्वीप अपरेसन’
-
यी हुन् रास्वपाका निर्वाचित ७ पदाधिकारी र ९९ केन्द्रीय सदस्य (सूचीसहित)
-
१० बजे १० समाचार : भद्रगोल व्यवस्थापनकैबिच सकियाे रास्वपा महाधिवेशन, विवाद मिलाउन नेता फेरिएको फेरियै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण