शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

माधुरीलाई जन्मदिनमा पति नेनेले भने, विश्वकी सबैभन्दा सुन्दर महिला

सोमबार, ०२ जेठ २०७९, १२ : ००
सोमबार, ०२ जेठ २०७९

अभिनेत्री माधुरी दीक्षितले आइतबार आफ्नो ५५ औं जन्मदिन सेलिब्रेसन गरेकी छन् । जन्मदिनमा फ्यान, साथीभाइ र परिवारका सदस्यले समेत उनलाई सामाजिक सञ्जाल मार्फत शुभकामना वर्षाएका थिए ।

यसैबीच माधुरीका श्रीमान् डा.श्रीराम नेनेले पनि सामाजिक संजाल मार्फत जन्मदिनको शुभकामना दिएका छन् । नेनेले संसारको सबैभन्दा सुन्दर महिला भन्दै उनलाई जन्मदिनको शुभकामना दिएका छन् । नेनेले पत्नी माधुरीसँगको तस्बिर सेयर गर्दै लेखेका छन्, ‘विश्वकी सबैभन्दा सुन्दर महिला, मेरी श्रीमती, मेरो जीवनसाथी र मेरो सबैभन्दा मिल्ने साथीलाई जन्मदिनको धेरै धेरै शुभकामना । म तिमीलाई धेरै माया गर्छु । म तिमीलाई जन्मदिनको धेरै धेरै शुभकामना दिन चाहन्छु ।’ उनले अगामी वर्ष राम्रो होस् भनेर कामना समेत गरेका छन् ।

नेनेको शुभकामना पोष्टमा धेरै फ्यानले ‘धक धक गर्ल’ लाई शुभकामना भन्दै कमेन्ट गरेका छन् । श्रीराम पेशाले क्यालिफोर्नियाको लस एन्जलसमा कार्डियोभास्कुलर सर्जन हुन् । माधुरी दीक्षितले एकपटक आफ्नो पतिलाई बलिउडको बारेमा कुनै जानकारी नभएको बताएकी थिइन् । श्रीराम र माधुरी दुवैको विवाह १७ अक्टोबर १९९९ मा क्यालिफोर्नियामा भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप