विराटनगरमा ६ वडामध्ये ३ वडामा एमाले विजयी
विराटनगर । विराटनगर महानगरपालिकामा ६ वडाको मत गणना सम्पन्न भएको छ । सम्पन्न भएका वडाहरूमा १, २, १६, १७, १८ र १९ रहेको छ । मतगणना सम्पन्न भएका वडाहरूमध्ये ३ वटामा एमालेले जितेको छ । काँग्रेस, जसपा र स्वतन्त्रले १/१ वडामा जित निकालेका छन् ।
विराटनगर १ को वडाध्यक्षमा एमालेका काजीबहादुर बस्नेत १९०० मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका राजन नेउपानेले १५९१ मत पाएका छन् । यसैगरी विराटनगर २ नं. वडाको वडाध्यक्षमा पुनः एमालेका कुमार पोखरेल निर्वाचित भएका छन् । उनले राप्रपाका उम्मेदवार पवन कुमार सुरनालाई पराजित गरेका हुन् । पोखरेलले १९०० मत ल्याएर विजयी हुँदा सुरानाले १५९० मत पाए ।
विराटनगर १६ नम्बर वडामा नेपाली काँग्रेसका उम्मेदवार उद्धव भुजेलले ७५२ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कुमार हमर्जनले ६८५ मत ल्याएका छन् ।
विराटनगर १७ मा जसपाका उम्मेदवार समिम कमर र विराटनगर १९ मा एमालेका उम्मेदवार श्याम घिमिरे वडाध्यक्षमा विजयी भए । जसपाका कमरले १ हजार ४ सय ५० मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका असलम आलमले ९४५ मत ल्याए ।
विराटनगर १९ मा एमालेका श्याम घिमिरेले ९८७ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उदय राजवंशीले ९०५ मत पाए । विराटनगर १८ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार जितेन्द्र कुमार साह विजयी भएका छन् । ७१६ मत ल्याएर साहले वडाध्यक्षमा जितेका हुन् । जसपाले टिकट नदिएपछि साहले स्वतन्त्रबाट ‘लालटिन’ चुनाव चिन्ह लिएर उठेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
-
महाकाली नदीमा फसेका युवकको उद्धार
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो
-
स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस : सहुलियत दिने र अवैध आयात रोक्ने प्रतिबद्धता
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण