बलिउड डेब्यु गर्दै सुपरहिट फिल्म ‘पुष्पा’ का भिलेन सुनिल
साउथ स्टार अल्लु अर्जुन अभिनित फिल्म ‘पुष्पाः द राइज’ का मुख्य भिलेन सुनिल बलिउड डेब्यु गर्ने भएका छन् । धेरै फिल्ममा कमेडियनको भूमिका निर्वाह गरेका उनी ‘पुष्पा’ मा भने रक्त चन्दन तस्कर ‘मंगलम श्रीनु’ को भूमिकामा देखिएका थिए । सुनिलले अहिले बलिउडका दुईवटा अफर साइन गरेका छन् ।
‘पुष्पा’ को सफलतापछि उनलाई बलिउडका धेरै अफर आए पनि तीमध्ये दुई मात्र साइन गरेका हुन् । हालै एक मिडियासँगको अन्तर्वार्तामा सुनिलले आफूलाई तमिल र कन्नड फिल्मका समेत अफर आइरहेको बताएका छन् । ‘पुष्पा’ बाट सुनिल संसारभर चर्चा छाउका छन् । फिल्ममा रहेको उनको भूमिका दर्शकले रुचाएका छन् । सुनिल पहिलो पटक एसएस राजामौलीको ‘मर्यादा रमन्ना’ मा नकारात्मक भूमिकामा देखिएका थिए ।
धेरै फिल्ममा सानोतिनो भूमिका निर्वाह गरेका उनको ‘मर्यादा रमन्ना’ २०१० मा रिलिज भएको थियो । उनले धेरै फिल्ममा पनि महत्वपुर्ण भूमिका निर्वाह गरेका छन् । सुनिलले खलनायकको रुपमा अभिनय गरेको सबै फिल्म सुपरहिट भएको छ । जसमा ‘कलर फोटो’, ‘डिस्को राजा’ र ‘पुष्पा’को नाम आउँछ । ‘पुष्पा’ को दोस्रो भाग ‘पुष्पाः द रुल’ मा सुनिलको चरित्र अझ राम्रो र ठूलो हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विरासत जोगाउने दाउमा स्पेन र उरुग्वे, केप भर्डेको ऐतिहासिक प्रदर्शनले समीकरण रोचक
-
१० वर्ष कैद भुक्तान गरेका व्यक्ति लागुऔषधसहित पक्राउ
-
टीकापुरका महिला सीप सिकेर आयआर्जन गर्दै
-
किसानलाई करिब तीन करोड अनुदान
-
महिला टी–ट्वान्टी क्रिकेट: एपीएफ र कोशी उपाधिका लागि भिड्ने
-
एक हात गुमाएकी जमुना जलजलाकी सर्वोत्कृष्ट उद्यमी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण