सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा बैठकमा एमालेकाे अवरोध

मङ्गलबार, ०३ जेठ २०७९, १६ : ५३
मङ्गलबार, ०३ जेठ २०७९

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले राष्ट्रियसभा बैठक अवरुद्ध पारेको छ । बजेट अधिवेशनको पहिलो दिन मंगलबार अपरान्ह बोलाइएको राष्ट्रियसभा बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले उभिएर अवरुद्ध पारेका हुन ।

सभामुख अग्निप्रसाद सापकोटा र सत्तारुढ गठबन्धन दलका नेता प्रधानमन्त्री शेरबहादुर देउवाले आफूहरुले अगाडि सारेका माग सम्बोधन गर्न पहल समेत गर्न नचाहेकाले राष्ट्रियसभा बैठकलाई अवरुद्ध पार्ने कामलाई आफ्नो दलले निरन्तरता दिन बाध्य हुनु परेको एमालेका सांसद देवेन्द्र दाहालले बताए ।

उनले आफ्नो दलले कारबाही गरेका माधव नेपालसहितका १४ जना सांसदलाई कारवाही गरिएको सूचना टाँस नगरेर सभामुख सापकोटाले गल्ती गरेको र त्यस गल्तीको आत्मालोचना गरेर उनीहरुलाई कारबाही गरिएको सूचना जारी नगरेसम्म राष्ट्रियसभा बैठक अवरुद्ध पार्ने कामलाई निरन्तरता दिने आफ्नो दलको अडान रहेको पनि स्पष्ट पारे ।  एमालेले आफ्नो दलले कारबाही गरेका सांसदहरुलाई सभामुख सापकोटाले सूचना टाँस नगरेसम्म संसद चल्न नदिने अडान सहित अवरोध गर्दै आएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप