आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

वीरगञ्ज महानगरमा गठबन्धनका उम्मेदवार १२ हजार मतले अगाडि

शनिबार, ०७ जेठ २०७९, १२ : २२
शनिबार, ०७ जेठ २०७९

वीरगञ्ज महानगरपालिकाको प्रमुखमा गठबन्धनका साझा उम्मेदवार राजेशमान सिंह नेकपा एमालेका उम्मेदवार विजय सरावगी भन्दा १२ हजार मतले अगाडि देखिएका छन् । गठबन्धनका उम्मेदवार सिंहले २४ हजार ९४६ मत ल्याएका छन् भने एमालेका उम्मेदवार सरावगीले १२ हजार ८७४ मत ल्याएका छन् । 

साथै महानगर प्रमुखमा तेस्रो स्थानमा रहेका राप्रपाका गिरीश गिरीले१ हजार ५४६ मत ल्याएका छन् । त्यसैगरी उपप्रमुख पदमा  गठबन्धनका उम्मेदवार इम्तियाज आलम १३ हजार ६५७ मत बढी ल्याएका छन् । 

उनले हालसम्म  १७ हजार ४०४ प्राप्त गरेका छन् भने उपप्रमुखमा एमालेसँग गठबन्धन गरेको लोसपाका उम्मेदवार पुरुषोत्तमलाल झाले ३ हजार ७७४ मत प्राप्त गरेका छन् । 
उपप्रमुखमा स्वतन्त्र उम्मेदवार रम्भा मिश्रले २ हजार २८३ र राप्रपाकी उम्मेदवार बिना जैसबालले २ हजार ७५८ मत ल्याएकी छिन् । ३२ वटा वडा रहेको वीरगञ्ज महानगरमा हालसम्म २० वटा वडामा गणना भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप