काठमाडौँ । नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी भएको छ । जितसँगै पाँच खेलको प्रतियोगिता १–१ को बराबरीमा आएको छ । प्रतियोगिताको पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जितका लागि एक सय ६१ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ५० रनमा समेटियो । नेपालका लागि कप्तान रोहितकुमार पौडेल ७१ रनमा अविजित रहे पनि जित दिलाउन सकेनन् । गुलशन झाले २६ र लोकेश बमले १७ रन बाहेक अन्य ब्याटरले उल्लेखनीय रन बनाउन नसक्दा नेपाल पराजित हुन पुग्यो ।
_enZBL9jZiC.jpg)
वेस्ट इन्डिज ‘ए’को जितमा ओबेद म्याककोय र गुडाकेश मोती दुई/दुई विकेट लिए भने रोस्टन चेज र ओसेन थोमसले एक/एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ६० रन बनायो । उसका लागि आन्द्रे फेलचरले सर्वाधिक ४३ रन बनाए । उनले ३६ बल खेल्ने क्रममा तीन छक्का प्रहार गरे । साथै गुडाकेश मोतीले ३३, रोस्टन चेजले २३ रनको योगदान दिए ।
_tbDRwlArTq.jpg)
नेपालका लागि कुशल भुर्तेल र सागर ढकालले दुई/दुई विकेट लिए भने सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले एक/एक विकेट लिए । प्रतियोगिताको तेस्रो खेल आगामी बुधबार हुनेछ ।
_xf4QgoOlGR.jpg)
_F06LMf00x4.jpg)
_ATDeL0KMJu.jpg)
_df13OOcHxE.jpg)
_9GIn0DE8nQ.jpg)
_RYFhdGzr7u.jpg)
_jZgywexWPt.jpg)
_A5dTc33KXo.jpg)
_eRTmhIf6tb.jpg)
_48faHUrKy7.jpg)
_hmP1oLyRlk.jpg)
_wJfGTaPLcb.jpg)
_u5gmy9s98Z.jpg)
_eBXAzSaZsW.jpg)
_QUCVLTdA6J.jpg)
_Gj3mR4PCax.jpg)
_wfw8lD6Axk.jpg)
_YwqKUv87zC.jpg)
_wyVBKIMNxD.jpg)
_TsOczP7ypO.jpg)
_79lnQMmyz7.jpg)
_pLbmcNysq9.jpg)
_OFVhFo3pUV.jpg)
_pHU3ezay6t.jpg)
_5yUzLJpYC9.jpg)
_jo0KOZ3nZB.jpg)
प्रतिक्रिया